close

अब एसएमएसबाटै कम्पनीको जानकारी, तत्काल मोबाईल नम्बर दर्ता गराउन आग्रह

टेकपाना टेकपाना

पुस २६, २०७६ १६:११

अब एसएमएसबाटै कम्पनीको जानकारी, तत्काल मोबाईल नम्बर दर्ता गराउन आग्रह

कम्पनी रजिस्ट्रारको कार्यालयले अबदेखी दर्ता भएका कम्पनीको जानकारी एसएमएसबाटै उपलब्ध गराउने भएको छ । दर्ता भएका कम्पनीका नयाँ सिर्जना भएका कामकारबाहीबारे एसएमएसबाटै जानकारी गराइने कार्यालयले जनाएको हो ।

कार्यालयले यसका लागि सम्बन्धित कम्पनीलाई तत्काल आधिकारिक मोबाइल नम्बर अध्यावधिक गराउन आग्रह गरेको छ । आवधिक नगराएका कम्पनीले यस्तो जानकारी नपाउने पनि कार्यालयले स्पस्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०