close

सेलएपको आर्टिफिसियल इन्टेलिजेन्स केन्द्रीत कार्यक्रम सम्पन्न

टेकपाना टेकपाना

पुस २८, २०७६ १२:५८

सेलएपको आर्टिफिसियल इन्टेलिजेन्स केन्द्रीत कार्यक्रम सम्पन्न

काठमाडौं । सेलएप इनोभेसन प्रालिको आयोजनामा आर्टीफिसियल इन्टिलिजेन्स (एआई) विषय केन्द्रीत कार्यक्रम सम्पन्न भएको छ । थापाथली स्थित कम्पनीको कार्यालय परिसरमा शनिबार आयोजित उक्त कार्यक्रममा ६० जनाभन्दा बढी सरोकारवालाहरुकाे सहभागिता रहेको थियो ।

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) फर डेभलपमेन्टका अनुसन्धान प्रमुख तथा सह–संस्थापक क्षितिज रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एआई मेसिन लर्निङ र रोबोटिक्सको विषयमा संवाद भएको थियो । रिमालले अन्तर्राष्ट्रिय स्तरमा एआईको बढ्दो प्रयोग र नेपालमा यसको आवश्यकताको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा जरा भेन्चरका संस्थापक श्याम बजगाईले स्टार्टअपको सुरुवाती प्रक्रियादेखि बिचमा आउने समस्या र त्यस्ता समस्याबाट बाहिर निस्किने उपायको बारेमा बताएका थिए । स्टार्टअपको सफलताको लागि दृढता र धैर्यता सबैभन्दा महत्वपूर्ण पक्ष रहने उनको भनाई थियो ।

कार्यक्रममा सेलएपका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले एआई र मेसिन लर्निङको विषयमा संलग्न व्यक्ति तथा विषयमा जानकारी राख्न चाहानेहरुका लागि कार्यक्रमको आयोजना गरिएको बताए । ‘आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै अझ वृहत रुपमा आयोजना गर्ने हाम्रो प्रयास रहनेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०