close

टावरमा क्षति बढेपछि प्राधिकरणको ध्यानाकर्षण, अत्यावश्यक सेवामा भएको अवरोधप्रती आपत्ति

टेकपाना टेकपाना

पुस २९, २०७६ १०:२४

टावरमा क्षति बढेपछि प्राधिकरणको ध्यानाकर्षण, अत्यावश्यक सेवामा भएको अवरोधप्रती आपत्ति

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार टावरमा क्षति पुर्‍याउने कार्यप्रती गम्भीर आपत्ती प्रकट गरेको छ । पछिल्लो समय दूरसञ्चार टावर लक्षित आक्रमणका घटना बढेपछी प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर घटना प्रति ध्यानाकर्षण व्यक्त गरेको हो ।

दूरसञ्चार अत्यावश्यक सेवाको रुपमा स्थापित भइसकेको अवस्थामा टावरमा क्षति हुँदा आम नेपाली उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भन्दै प्राधिकरणले चिन्ता समेत व्यक्त गरेको छ । जनतासँग प्रत्यक्ष जोडिएको यस्तो सेवाको पुर्वाधारको रुपमा रहेको टावरमा क्षति पुर्‍याउने काम बन्द गर्न प्राधिकरणले सम्बन्धित सबैलाई आग्रह गरेको छ । पछिल्लो पटक यसै साता मात्र तनहुँमा रहेको एनसेलको टावरमा आगजनी भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०