close

माघमा सार्वजनिक हुँदै १०८ मेगापिक्सेल क्यामेरा भएको साओमी एमआई टेन

टेकपाना टेकपाना

पुस २९, २०७६ ११:५६

माघमा सार्वजनिक हुँदै १०८ मेगापिक्सेल क्यामेरा भएको साओमी एमआई टेन

एजेन्सी । सन् २०२० को सुरुवातसँगै साओमीको एमआई नोट टेन बजारमा सार्वजनिक हुने भएको छ । सन् २०१९ मा एमआई नोट नाइनमार्फत राम्रो बजार लिएको साओमीका लागि यो वर्ष पनि फलदायी हुने देखिएको छ ।

यो रेञ्जमा अन्य ठूला कम्पनी एप्पल, सामसङ, ह्वावेले त्यस्तो कुनै आकर्षक स्मार्टफोन नल्याएको समयमा साओमीले एमआई टेन ल्याउने तयारी गरेको हो । हालसम्म आएको जानकारी अनुसार कम्पनीले यो स्मार्टफोन आफ्नो देश चीनमा आउँदो फेब्रुअरीको पहिलो साता (माघको अन्त्यतिर) सार्वजनिक गर्नेछ ।

जुन सामसङको हाइरेन्जको स्मार्टफोन ग्यालेक्सी एस इलाभेनभन्दा अघि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
सामसङले ग्यालेक्सी एस एस इलाभेन फेब्रुअरीको अन्त्यतिर आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० मार्फत सार्वजनिक गर्ने उल्लेख छ ।

अहिलेसम्म बाहिरिएको जानकारी अनुसार एमआई टेनमा १०८ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ । जसमा ४८, १२ र ८ मेगा पिक्सेलको अन्य तीन क्यामरा रहेका छन् । जसको मूल्य ६ सय ५० अमेरिकी डलर अर्थात ७३ हजार रुपैयाँ हुनसक्ने आँकलन गरिएको छ । यद्यपी स्टोरेज क्षमताका आधारमा यसको मूल्य फरक पर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०