close

यसरी स्मार्ट बन्दैछ सुर्खेतको गुर्भाकोट नगरपालिका

टेकपाना टेकपाना

माघ १, २०७६ १३:४१

यसरी स्मार्ट बन्दैछ सुर्खेतको गुर्भाकोट नगरपालिका

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिकाले स्मार्ट परियोजना अघि बढाएको छ । नगरपालिकाले आफ्नाे क्षेत्रभित्र रहेका नागरिकलाई अनलाईबाटै सेवा प्रदान गर्ने कार्य अगाडि बढाएको हो ।

त्यसका लागि नगरपालिकाले सेलएप प्रालीसँग सहकार्य गरेको छ । नगरपालिकाले सेलएपको स्मार्टपालिका परियोजना अन्तरगत रहेको डिजिटल इन्टिग्रेटेड ई–गभर्नेन्स सफ्टवेर इन्स्टल गरेर सेवा उपलब्ध गराउने भएको हो ।

त्यसको सुरुवात आइतबारबाट भएको छ । सेलएपका अनुसार आइतबारबाट उक्त नगरपालिकामा डिजिटल सर्भेको काम सुरु भएको छ । सर्भेका लागि ४५ भन्दा बढी स्थानीय स्वयंसेवकहरु खटाइएको छ । उनिहरुले संकलन गरेको डेटालाई क्रमबद्ध रुपमा प्रशोधन गरेर हरेक घरधुरीलाई डिजिटल स्थानीय सरकार प्रोफाइल प्रदान गरिने सेल एपले जनाएको छ ।

उक्त कार्यसम्पन्न भएसँगै एपमार्फत सेवाग्राहीले नगरपालिका बाट प्राप्त हुने सम्पूर्ण सुविधा उपभोग गर्न सक्ने स्मार्टपालिकाका क्याम्पेन निर्देशक बिवस महतले जानकारी दिए ।

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जनतालाई सुशासन तथा प्रविधिमैत्री बनाउँदै विकासको नमूना नगरको रुपमा फड्को मार्ने विश्वाका साथ यो परियोजना अघि बढाइएको बताए । यसले विकट मानिएको कर्णाली तथा सुर्खेतको विकट नगर गुर्वाकोटलाई स्मार्ट बनाउन मद्दत पुग्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०