close

मन पर्ने भिडियो र जीआईएफमा अवतार लिन अब मोर्फिनले सघाउनेछ

टेकपाना टेकपाना

माघ २, २०७६ १६:५५

मन पर्ने भिडियो र जीआईएफमा अवतार लिन अब मोर्फिनले सघाउनेछ

के तपाईं आफूलाई मन पर्ने मिम्स वा फिल्मका सिनहरुमा आफूलाई प्रस्तुत गर्न चाहानुहुन्छ ? यदी चाहानुहुन्छ भने, तपाईंको त्यो इच्छा अब ‘मोर्फिन एप’ ले पुरा गरिदिने भएको छ । एपमा आफ्नो सेल्फी अपलोड गरी आफुलाई मनपर्ने जीआईएफमा आफ्नो अनुहार राख्न सक्नु हुनेछ । जसलाई तपाईले सामाजिक सञ्जालमा शेयर गर्न समेत सक्नुहुनेछ ।

पछिल्ला तीन वर्ष ‘इमेज म्यापिङ’ प्रविधि विकासमा खर्च गरेर मोर्फिनले हाल आफ्नो ‘पुट यू इन अ जीआईएफ मेकर’ सार्वजनिक गरेको हो । हेर्दा कुनै खेलौना जस्तो देखिए पनि लगानीकर्ताले यसमा व्यवसायिक सम्भावना समेत रहेको बताएका छन् । गएको वर्षमात्रै मोर्फिनले बेटावर्कमार्फत १० लाख अमेरिकी डलर आम्दानी गरिसकेको जनाएको छ ।

भविष्यमा मोर्फिनमार्फत मानिसहरुले आफूलाई आफ्नै सानो फिल्मको हिरो बनाउन सक्ने मोर्फिनका सहसंस्थापक लोइस लेडक्स बताउँछन् । उनी भन्छन्, ‘तपाईले कुनै सुपर हिरो फिल्मको मूख्य कलाकारको रुपमा आफूलाई देखाउन सक्नुहुन्छ र त्यो सुविधा मोर्फिन एपले दिनेछ । यी कुराहरु केही वर्ष अघिसम्म कुनै विज्ञानको परिकल्पना जस्तै लाग्दथ्यो तर अहिले एआई र कम्प्युटर भिजनको सहायताले हामी हाम्रो परिकल्पनासम्म पुग्दैछौं ।’

तीन वर्ष अघि सुरु भएको मोर्फिनले गेम र भीआरको पर्सनलाइज्ड अवतारहरु विकास गर्ने उद्देश्य लिएको थियो । ता कि जो कोही साधारण प्रयोगकर्ता एउटा भर्चुअल संसारमा फिफाको फुटबल खेलाडी बन्नसकुन् ।

सहसंस्थापक लिडक्स केही वर्ष अघि स्क्यानिङ र मोडलिङमा अवसरहरु खोजिरहेका थिए । तब उनले रियल र भर्चुअल अनुहारलाई कनेक्ट गर्ने अवसर देखे । त्यसपछि उनी आफ्ना साझेदार अर्का सहसंस्थापक निकोलस हेरिभक्ससँग जोडिन पुगे जसले थ्रीडी प्रविधिकै काममा १३ वर्ष बिताइसकेका थिए ।

मोर्फिन एप प्रयोग गर्नका लागि कुनै थ्रीडी स्क्यानिङ हार्डवेयरको आवश्यकता पर्दैन । एउटा सामान्य सेल्फीबाट यो सम्भव छ । तपाईं आफ्नो गला माथिको फोटो लिनुहोस् र आईओएस वा एन्ड्रोइड एप लाइब्रेरीबाट जीआईएफ छनौट गर्नुहोस् ।

त्यसको केही सेकेण्ड पछाडि तपाईंले उक्त सिनमा आफ्नै सीजीआई भर्जन अर्थात् कम्प्युटर जेनेरेटेड इमेजेनरी देख्नसक्नुहुन्छ । लिडक्स भन्छन्, ‘ ५० हजार बेटा प्रयोगकर्ताले दश लाखभन्दा बढी सिनहरु बनाईसकेका छन् ।’

नाै‌ जना फ्रान्सेली सदस्य रहेको मोर्फिनको टिमले अहिले आफू जस्तै अवतार बनाउने प्रतिस्पर्धी एप कम्पनीहरु यूबीक्यूटस्, स्नापच्याट बिटमोजी, जेनिस, मोजी एडिटसँग प्रतिस्पर्धा गरिरहेको छ । साथै मिरर एआई फेसबुक, माइक्रोसफ्ट र गुगलले पनि यस प्रकारको अवतार तयार पार्ने एप्सहरुको निर्माण गर्दैछन् ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१