close

सबै सेवा अनलाइनमा लैजाँदै प्राधिकरण

टेकपाना टेकपाना

माघ २, २०७६ २१:२४

सबै सेवा अनलाइनमा लैजाँदै प्राधिकरण

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आन्तरिक कार्य सम्पुर्ण रुपमा अनलाईन प्रणालीमा आधारित बनाएको छ । केही साता अघिदेखि प्राधिकरणले अनलाइन प्रणाली मार्फत नै टिप्पणी उठाउने, सिफारिस गर्ने र निर्णय गर्ने कार्यको सुरुवात गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्राहकले दिने निवेदनदेखि त्यसको आन्तरिक प्रक्रिया र निर्णय गर्ने सबै कार्य अनलाइनमै लैजाने कार्यका लाग आवश्यक सिस्टम निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार अफिस अटो मेसन कार्यका लागि ११ मोडेलमा काम भइरहेको छ । जसमा सेवाग्राहीले लिने टाइप अप्रुभल लिन सक्ने, सेवाप्रदायकको लाइसेन्स, फ्रिक्वन्सीका साथै गुणस्तर उपरको गुनासो सबै कार्य अनलाइनबाटै प्रदान गर्ने प्राधिकरणको तयारी छ ।

त्यतिमात्रै नभएर सेवाग्राहीले तिर्नुपर्ने दस्तुर पनि बैंकसँगको सहकार्यमा अनलाइन प्रणालीमा लगिनेछ । यसले प्राधिरकणलाई पूर्णरुपमा पेपरलेस अर्थात कागज रहित बनाउने छ । जसबाट प्राधिकरणका कामकाज समेत पारदर्शी हुने अध्यक्ष खनालको भनाई छ ।

प्राधिकरण बोर्डले केही समय अघि नै यसका लागि आवश्यक कार्यविधि पास गरिसकेको छ । साेही कार्यविधिकै आधारमा प्राधिकरणले अटोमेसनको कार्य अघि बढाएको हो । यसका लागि ७० लाख रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१