close

काठमाडौंमा ह्याकरको सम्मेलन हुँदै

टेकपाना टेकपाना

माघ ३, २०७६ १३:५९

काठमाडौंमा ह्याकरको सम्मेलन हुँदै

काठमाडौं । आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने भएको छ । दुई ओटा सम्मेलन सफलरुपमा सम्पन्न गरिसकेको थ्रेटकनको तेश्रो संस्करणको मिति भर्खरै तय भएको हो । 

काठमाण्डौंको ठमेलमा हुने ह्याकरको आगामी सम्मेलनमा सहभागिताका लागि जुलाई/अगस्टबाट टिकेट खुला गरिने आयोजक थ्रेटनिक्सका संस्थापक सचिन ठकुरीले जानकारी दिए । सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र संकलन भइरहेको भन्दै उनले मूल्याङ्कन पश्चात त्यसको टुंगो लाग्ने बताए । 

सन् २०१८ को नोभेम्बर २१ देखि २३ मा आयोजना भएको पहिलो सम्मेलन चार सयभन्दा बढीको सहभागिता रहेको थियो भने गत वर्षको सम्मेलनमा तीन सय हाराहारीको सहभागिता रहेको थियो । यस पटक भने थप भव्यताका साथ सम्मेलन आयोजना गरिने ठकुरीले जनाए । ‘यसपटक सम्मेलनमा सहभागिताका लागि अनलाइनबाटै आवेदन र त्यसको शूल्क तिर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१