close

आईफोन एक्स सिरिजको चार्जिङमा समस्या देखिएपछि कम्पनीले ल्यायो ब्याट्री फेर्ने सुविधा

टेकपाना टेकपाना

माघ ३, २०७६ १२:१०

आईफोन एक्स सिरिजको चार्जिङमा समस्या देखिएपछि कम्पनीले ल्यायो ब्याट्री फेर्ने सुविधा

एप्पलले ब्याट्री साट्ने सुविधा ल्याएको छ । विषेशगरि आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआरको ब्याट्रीमा कम्पनीले यो सुविधा ल्याइएको हो । यदि तपाईं यी मध्य कुनै एक आइफोन प्रयोगकर्ता हुनुहन्छ र तपाईंको ब्याट्री चार्जिङमा कुनै समस्या आइरहेको छ भने, यो तपाईंको लागि अवसर हुन सक्नेछ ।

कम्पनीका अनुसार एक्स सिरिजका आइफोनमा चार्जिङ समस्या देखिएकाले यस्तो सुविधा ल्याइएको हो । मोबाइल चार्ज नहुने, चार्ज गर्दा समस्या आउने लगाएतका समस्या देखिएको छ भने अब कम्पनीले ब्याट्रीका साथै चार्जिङ पोर्ट परिवर्तन गरिदिने जनाइएको छ ।

कम्पनीका अनुसार यो समस्या गत वर्ष जनवरी देखी अक्टोबरसम्म बनेका सेटामा देखिएको हो । यसबाट कुनै सुरक्षा चुनौती नभएतापनि ग्राहकको सहजताको लागि यो अफर ल्याइएको जनाइएको छ ।

ब्याट्री साट्नको लागि भने तपाईंले अनिवार्य रुपमा मोबाइल आइफोन स्टोर अथावा कम्पनीको आधिकारिक बिक्रेताकाबाटै खरिद गरिएको हुनु पर्ने उल्लेख छ । यो सेवा नेपालमा भने उपलब्ध छैन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१