close

ह्वावेले बेच्यो ७० लाख फाइभजी स्मार्टफोन

टेकपाना टेकपाना

माघ ४, २०७६ १७:४७

ह्वावेले बेच्यो ७० लाख फाइभजी स्मार्टफोन

हुवावेले सन् २०१९ को अन्त्यसम्म करिब ७० लाख फाइभी स्मार्टफोन बिक्री गरेको छ । ह्वावे कञ्जुमर बिजनेस ग्रुपले विज्ञप्ती जारी गर्दै कम्पनीले बजार पठाएका फाइभजी सपोर्ट गर्ने स्मार्टफोनको तथ्यांक सार्वजनिक गरेको हो ।

फाइभी सपोर्ट गर्ने स्मार्टफोन सबैभन्दा धेरै संख्यामा बजार पठाउने मामिलामा ह्वावे अन्य स्मार्टफोन निर्माता भन्दा निकै अघि छ । यति धेरै संख्यामा फाइभी सपोर्ट गर्ने स्मार्टफोन बिक्री हुनुले फाइभी प्रविधिप्रति ह्वावेको लगाव पुष्टि हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ‘यसले फाइभी प्रविधिमा ह्वावेको नेतृत्वलाई पुर्नस्थापित गरेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

सन् २०१९ मा ह्वावेले फाइभजी सपोर्ट गर्ने आठ वटा स्मार्टफोन सार्वजनिक गरेको थियो । कम्पनीका स्मार्टफोन ह्वावे मेट थर्टी प्रो, ह्वावे मेट थर्टी, मेट ट्वान्टी एक्स, नोभा सिक्स, मेट एक्स, अनर भीथर्टी प्रो, अनर थर्टीले फाइभी सपोर्ट गर्छन् । यी बाहेक ह्वावेले मेट थर्टी आरएस नामक अर्को स्मार्टफोनलाई पनि बजार पठाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१