close

डिस हाेमले सुरु गर्‍यो बालबालिका लक्षित ‘राइम्स’ च्यानल

टेकपाना टेकपाना

माघ ३, २०७६ १७:४२

डिस हाेमले सुरु गर्‍यो बालबालिका लक्षित ‘राइम्स’ च्यानल

काठमाडौं । डिसहोमले बालबालिकालाई लक्षित गर्दै ‘राइम्स’ नामक विशेष टेलिभिजन च्यानल सुरु गरेको छ । डीटीएच सेवा प्रदायक कम्पनी डीसहोमले शुक्रबारबाट उक्त च्यानको सुरुवात गरेको हो ।

मनोरञ्जनात्मक, ज्ञानवर्दक, खेलकुदका साथै विभिन्न विषयबस्तुलाई समेटेर आफ्नै च्यानलमार्फत दर्शकलाई समेट्दै आएको कम्पनीले नयाँ च्यानल थप गरेको हो । ‘राइम्स’ ले २ देखि १२ वर्षसम्मका बालबालिकालाई समेट्ने कम्पनीले जनाएको छ । उक्त च्यानल डिसहोमको च्यानल नम्बर ८०९ मा प्रसारण हुनेछ ।

च्यानलमा बालबालिकाहरुका लागि पढ्ने आधार प्रदान गर्ने अंग्रेजी तथा गणित जस्ता विषयका सामाग्री प्रसारण हुनेछ । साथै च्यानलमा विभिन्न मनोवैज्ञानिक सामाग्री समेत समेटिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्ता सामग्रीले बालबालिकाको दिमागलाई सुदृढ बनाउन मद्दत पुग्नेछ भने, बालबालिकालाई घरमै बसेर सिक्ने वातावरण समेत प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१