close

मोबाइलको नेटवर्क राम्रो आएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ ५, २०७६ १३:१५

मोबाइलको नेटवर्क राम्रो आएन ? यसो गर्नुहोस्

कुनै म्यासेज पठाउँदा होस् वा कुनै वेबसाइट ब्राउज गर्दा, डेलिभर हुन र लोडिङ हुन धेरै समय लाग्छ भने त्यो झञ्जटिलो मात्रै होइन समयको बर्बादी हुन्छ । कहिले काँही तपाई मोबाइलको सिंग्नल बलियो भएको स्थानमा हुँदा पनि यस्तो समस्या आउने गर्छ । वायरलेस नेटवर्कलाई प्रभावित पार्ने धेरै तत्वहरु हुन्छन् जसले यस्ता किसिमका समस्याहरु निम्त्याइरहेका हुन्छन् । 

यस्तो समयमा अधिकांशले फोनलाई एयरप्लेन मोडमा लगेर पुनः सामान्यमा मोडमा अन गर्छन् । तर यस्तो तरिकाले सधैं काम गर्दैन । यसबाट काम नभएपछि धेरैले गर्ने भनेको सिम कार्ड निकाल्ने र नेटवर्क सेटिङ रिसेट हो । आज हामी तपाईंहरुलाई केही टिप्स दिन गइरहेका छौँ, जसको आधारमा तपाईंले आफ्नो यस किसिमको समस्यालाई हल गर्न सक्नुहुन्छ । 

एयरप्लेन मोडमा टोगल (मोड परिवर्तन गर्ने स्विच सार्ने) गर्नुहोस् । 

एन्ड्रोइडमा माथि सिरानीतर्फबाट स्वाइप डाउन (औँलाले छोएर तल सार्ने) गरेर एयरप्लेन (हवाई जहाज जस्तो देखिने) आइकनमा गएर ट्याप गर्नुहोस् । त्यसपछि वाईफाई वा मोबाइल कनेक्सनबाट पुरै विच्छेद नहुञ्जेल पर्खनुहोस् । यो कार्य एकैपटक नहुने हुँदा कम्तिमा ३० सेकेण्ड जति पर्खिनुहोस् । 

आईफोनमा पनि कन्ट्रोल सेन्टर खोल्नुहोस् । यसका लागि आईफोनको एक्स सिरिज प्रयोगकर्ताहरुले माथि सिरानीको दायाँ कुनाबाट स्वाइप डाउन (औँलाले थिचेर तल सार्ने) गर्नुपर्ने हुन्छ भने पुराना मोडलका प्रयोगकर्ताहरुले स्क्रिनको बटनबाट स्वाइप अप (औँलाले थिचेर माथि) गर्नुपर्छ । कन्ट्रोल सेन्टरभित्र रहेको एयरप्लेन मोड आइकनमा ट्याप गरी केही सेकेण्डसम्म त्यसलाई डिसेबल गरिदिनुहोस् । 

फोनलाई रिस्टार्ट गर्नुहोस् 

एन्ड्रोइडमा अनस्क्रिन मेनु नदेखिएसम्म पावर बटन थिचिराख्नुहोस् । त्यहाँ रीस्टार्ट छनौट गर्नुहोस् । यदि फोनमा रिस्टार्ट बटन नदेखिए स्क्रिन बन्द नहुञ्जेल पावर बटनलाई थिचिरहनुहोस् । स्क्रिन बन्द भएपछि त्यसलाई फेरी खोल्नुहोस् । 

यसैगरी आईफोनमा होम बटन छ भने पावर स्लाइडर डिस्प्ले नभएससम्म तपाईले स्लिप वा वेक बटनमा थिचिरहनु पर्ने हुन्छ । स्लाइडरलाई दायाँ साइड तिर तान्नुहोस् । एकपटक फोन अफ भईसकेपछि एप्पल लोगो नआएसम्म स्लिप वा वेक बटनलाई थिचिरहनुहोस् । 

यस्तै आईफोनको एक्स सिरिजका प्रयोगकर्ताहरुले भने साइडमा भएको एउटा बटनलाई भोल्युमको अप वा डाउन बटनसँगै थिचिरहनुहोस् । यसो गरेपछि पावर स्लाइडर देखा पर्छ । फोन अफ गर्न उक्त स्लाइडरलाई राइट साइड तिर सार्नुहोस् । फोन अफ भईसकेपछि पुन त्यसलाई अन गर्नुहोस् । 

सिम निकाल्नुहोस् 

सामान्य फोनमा सिम कार्ड निकाल्नुहोस् । कतै तपाईको सिम खराब भएको छ वा राम्ररी राखिएको छ वा छैन एकपटक जाँच्नुहोस् । राम्ररी जाँच गरिसकेपछि त्यसलाई पुनः फोनमा राखिदिनुहोस् । 

ई-सिम प्रयोग गर्ने आईफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर, पिक्सेल थ्री वा पिक्सेल फोर जस्ता फोनहरुमा विद्युतीय सिम हुन्छन् जसलाई निकाल्न सकिँदैन । यसकारण यस्ता सिम भएका फोनहरुलाई रिस्टार्ट गर्नु नै उचित विकल्प हुन्छ । 

आईफोनका लागि विशेष टिप्स

माथि उल्लेखित टिप्सहरु आईफोनमा पनि प्रयोग गर्न सकिन्छ । तर यस किसिमका सिंग्नल समस्या समाधानका लागि आईफोनका केही मौलिक उपायहरु पनि छन् । 

क्यारियर सेटिङलाई चेक गर्नुहोस्

तपाईले फोनमा क्यारियर सेटिङलाई अपडेट गर्न भनेर अलर्ट आएको देख्नु भएकै होला । यस्ता अपडेटहरुले आईफोनको कनेक्टिभिटि (सम्पर्क) लाई अप्टिमाइज (सुधार गर्ने) गर्छ । 

आईफोनमा क्यारियर सेटिङ अपडेट चेक गर्न सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यहाँबाट जेनेरलमा गएर अबाउट फोनमा जानुहोस् । यदि अपडेट त्यहाँ उपलब्ध छ भने तुरुन्त त्यसलाई इन्स्टल गरिहाल्नुहोस् । 

नेटवर्क सेटिङलाई रिसेट गर्नुहोस् 

वास्तवमा आईफोनमा नेटवर्क रिसेटको अप्सन भनेको तपाईको अन्तिम अस्त्र हो । एप्पलले प्रयोगकर्तालाई यस्तो अवस्थामा फोनको नेटवर्क सेटिङलाई रिफ्रेस गर्ने सल्लाह पनि दिन्छ । तपाईलाई थाहा नहुन सक्छ, नेटवर्क सेटिङ गर्दा यसले कुनै क्यारियरमा (सेवाप्रदायकमा) रहेका अतिरिक्त सेटअप आवश्यक भएका सेभ्ड वाईफाई पासवर्ड, भीपीएन कनेक्सन्स वा कुनै पनि कस्टम एपीएन सेटिङलाई पनि रिसेट गरिदिन्छ । 

यसका बावजूद पनि तपाई रिसेट गर्न चाहानुहुन्छ भने सेटिङमा जानुहोस्, त्यहाँबाट रिसेट अनि रिसेट नेटवर्क सेटिङमा जानुहोस् । त्यहाँबाट सेलेक्सनलाई कन्फर्म गरेर फोन रिस्टार्ट गर्नुहोस् । 

क्यारियर (सेवाप्रदायक) लाई सम्पर्क गर्नुहोस् 

वायरलेस क्यारियरमा (मोबाइल सेवाप्रदायकमा) भएको समस्याले पनि कहिले काँही अनपेक्षित सिग्नल समस्या ल्याउन सक्छ । टेलिफोन टावर ढल्दा, केबल काटिदाँ पनि यस्तो हुनसक्छ । 

तर यदि फोन वा डेटा नेटवर्कमा समस्या निरन्तर देखिरहेको छ भने क्यारियर कभरेज राम्ररी नफैलिएको हुनसक्छ । कुनै कुनै क्यारियरले नेटवर्क एक्सटेण्डर (नेटवर्क बढाउने डिभाइस) पनि उपलब्ध गराउँछन्, साना वायरलेस टावर जस्तो देखिने त्यस्तो उपकरण इन्टरनेट कनेक्सनबाट चल्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१