close

कतै तपाईं भीपीएन भनेर प्रोक्सी प्रयोग गरिरहनु भएको त छैन

टेकपाना टेकपाना

माघ ७, २०७६ १०:६

कतै तपाईं भीपीएन भनेर प्रोक्सी प्रयोग  गरिरहनु भएको त छैन

भर्चुअल प्राइभेट नेटवर्क अर्थात भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरै जसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक छ । 

भीपीएनले कसरी काम गर्छ सुरुमा यस विषयमा चर्चा गरौँ । प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्नका लागि प्रयोगकर्ताको वाईफाई नेटवर्कसँग जोडिएका सबै इन्टरनेट क्रियाकलापलाई भीपीएनको राउटरले आफ्नो सर्भरमा ल्याउँछ । कम्प्युटर तथा मोबाइलहरुमा भीपीएन एप्सहरु हुन्छन्, जसले ती डिभाइसहरुमा भीपीएन एप्स एक्टिभेट गरेर इन्टरनेट चलाउँदा प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्न सहयोग गर्छ । 

हामीले प्रयोग गर्ने डिभाइसहरुमा कति ब्राउजर प्रोक्सीमा आधारित सेवाहरु हुन्छन् । जसलाई हामी ब्राउजरमा रहेको भीपीएन भनेर भ्रम पालिरहेका हुन्छौँ । डेस्कटप वा मोबाइलमा भएका भीपीएनहरुले पुरै डिभाइसको गोपनियताको सुरक्षा दिइरहेको हुन्छ ।

यसले हाम्रो ब्राउजरमा हुने सबै किसिमका इन्टरनेट क्रियाकलाप, फाइल शेयरिङ एप्स तथा इमेल प्राप्तकर्ताको लिस्टलाई सुरक्षा दिन्छ । तर ब्राउजरमा आधारित प्रोक्सीले ब्राउजरमा भएका क्रियाकलापहरुको लागि मात्र सुरक्षा प्रदान गर्छ । ब्राउजरमा आधारित प्रोक्सीजहरुको गोपनीयता र सुरक्षाको पाटो कमजोर हुन्छ । तर यिनीहरु धेरै फास्ट भने हुन्छन् । 

वितेका वर्षहरुमा ब्राउजरमा आधारित भीपीएन तथा प्रोक्सी सर्भिसको लोकप्रियता बढेको छ । विभिन्न ब्राण्डहरुले पनि यसमा हात हाल्दैछन् । ओपेराले ब्राउजरले गत वर्ष निःशूल्क रुपमा अनलिमिटेड भीपीएन सेवा सार्वजनिक गरेको दाबी गर्‍यो । तर पछि त्यो केवल एउटा प्रोक्सी सेवा भएको थाहा भयो । यसमा सिमित सर्भर थिए भने यसको इन्क्रिप्सन स्ट्याण्डर्ड पनि कमजोर थियो ।

यसले ओपेरा ब्राउजरमा खोलिएका साइटहरुमा आईपी डेटालाई मात्र सुरक्षा दिने देखियो । यसमा अन्य डेस्कटप भीपीएनहरुमा जस्तो थप फिचरहरु भने थिएनन् । भीपीएनले नेटफ्लिक्स एप होस् या टोरेन्ट क्लाइन्टमा होस्, डिभाइसबाट आउने सबै इन्टरनेट ट्राफिकलाई फूल इन्क्रिप्सन गरिदिन्छ । तर प्रोक्सीले त्यस्तो गर्न सक्दैन ।

हाल मोजिल्लाले पनि आफ्नो फायरफक्स ब्राउजरका लागि भीपीएन जस्तै एउटा सेवामाथि परीक्षण गरिरहेको छ । फायरफक्सको प्राइभेट नेटवर्क पनि एउटा प्रोक्सी सर्भिस नै हो । जसलाई धेरैले भीपीएन भनेर गलत अर्थमा परिभाषित गरिरहेका छन् । फायरफक्स प्रोक्सीले फायरफक्सको ब्राउजरबाट उत्पत्ति हुने डेटालाई मात्र इन्क्रिप्ट गर्छ तर सबै अपरेटिङ सिस्टमलाई गर्दैन ।  

फायरफक्सको प्राइभेट नेटवर्कको तेस्रो परीक्षणकालमा यसले प्रोक्सी सेर्भिसले भन्दा धेरै सुरक्षा प्रदान गर्छ । तर यसमा केही कमजोरीहरु पनि छन् । मोजिल्लाले साझेदारी गरेको यो प्रोजेक्ट क्लाउडफ्लेयर हो । फायरफक्सको प्राइभेट नेटवर्क सेसनको समयमा यसले युजर डेटामा लग गर्छ । 

ब्राउजर बेस्ड माइक्रोसफ्ट एज भीपीएन नभए पनि विण्डोज टेनसँग ब्युल्ट ईन भीपीएन फिचर छ । जसलाई इनेबल गरेर प्रयोग गर्न सकिन्छ । यो त्यति धेरै प्रभावकारी त छैन, तर माइक्रोसफ्टले विस्तारै यसलाई अपग्रेड गर्दै लाने बताउँदै आएको छ । हालसम्मको अवस्था हेर्ने हो भने गुगल क्रोम र सफारी बाहेक भीपीएनका अन्य विकल्पहरु प्रयोगमा छैनन् ।

भीपीएनको कुरा गरिरहँदा हामीले छुटाउन नहुने भनेको टोर ब्राउजर पनि हो । यो वास्तवमा ठ्याक्कै भीपीएन त होइन तर यो कुनै प्रोक्सी सर्भिस पनि होइन । यसले वेभसाइटहरुसँग रिले वा नोडहरुको छरिएका नेटवर्कबाट प्रयोगकर्तालाई कनेक्ट गराउँछ । भीपीएनले इन्टरनेट ट्राफिकका लागि इन्क्रिप्टेड बाटो दिन्छ भने त्यस विपरित टोरले नोडहरुबाट जाने ट्राफिकलाई नै इन्क्रिप्टेड गरिदिन्छ । 

यसको वास्तविक नाम भनेको ‘द ओनियन राउटर’ हो । यसले प्रयोगकर्ताको डेटालाई कनेक्ट भएको साइटमा ठोक्किनु अघि धेरै तहबाट सुरक्षा दिदैँ लिएर जान्छ । इन्टरनेटलाई गोप्य रुपमा ब्राउज गर्ने यो राम्रो विकल्प हो । 

यदि तपाई अझै पनि तपाई भीपीएनका वैकल्पिक यावत् कुरालाई झन्झटको रुपमा लिनुहुन्छ र कुनै पनि किसिमको जोखिम उठाउन चाहानुहुन्न भने तपाई सिधै जेन्युन भीपीएन उपलब्ध गराउनेहरुसँग सम्पर्क राख्न सक्नुहुन्छ । 

यो सामग्री हामीले सीनेटबाट लिएका हौँ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१