close

गुगल म्यापको विकल्प तयार पार्दै ह्वावे

टेकपाना टेकपाना

माघ ७, २०७६ १६:४५

गुगल म्यापको विकल्प तयार पार्दै ह्वावे

एजेन्सी । चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले गुगल म्यापको विकल्प खोजेको छ । कम्पनीले टोमटोम कम्पनीसँग म्यापकाे तयारीका लागि साझेदारी गरेको हो ।

टोमटोमका प्रवक्तालाई उदृत गर्दै रोयटर्सले कम्पनीहरुबीचको सम्झौता केही समय अघि नै भएको उल्लेख छ । सम्झौता अनुसार ह्वावेले अब गुगलको म्याप प्रविधिको सटो टोमटोमको म्यापिङ, ट्राफिक तथा नेभिगेसन सफ्टवेयर प्रयोग गर्न सक्नेछ ।

यसअलावा ह्वावेले आफ्नो स्मार्टफोन एपहरु  बनाउनका लागि टोमटोमका सफ्टवेयरहरु प्रयोग गर्न सक्नेछ ।टोमटोम डिजिटल म्यापको क्षेत्रमा गतिलो कम्पनी भएकाले उक्त कम्पनीसँग ह्वावेको साझेदारीलाई असल कदमको रुपमा हेरिएको छ । तर ह्वावेले आफ्ना प्रयोगकर्ताहरुलाई यस अघि गुगल म्याप प्रयोगको समयमा संकलित डेटालाई आफ्नो नयाँ एपमा ल्याउन दिन्छ वा दिँदैन भन्ने कुरा भने हेर्न बाँकी नै छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१