close

भ्रमण वर्षमा आउने पर्यटकलाई एनसेलको ‘टुरिष्ट सिम’, ८८ जीबी डेटा र ८८८ मिनेटसम्मको भ्वाइस

टेकपाना टेकपाना

माघ ८, २०७६ ११:५१

भ्रमण वर्षमा आउने पर्यटकलाई एनसेलको ‘टुरिष्ट सिम’, ८८ जीबी डेटा र ८८८ मिनेटसम्मको भ्वाइस

काठमाडौं । एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ सार्वजनिक गरेको छ । कम्पनीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यो सेवा उपलब्ध गराएको हो ।

यो योजना बुधबारबाट सञ्चालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ गरिएको प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित सय रुपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्नेछन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउने कम्पनीले जनाएको छ ।

यो सिमको विषेशता भनेको यसमा ‘पे एज यू गो’ अर्थात नियमित दररेट लागु हुँदैन । यसमा पर्यटकले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता अनुसार अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि ३० दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कम्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् ।

पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकमा तीन दिने प्याकको कर सहित दुई ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।

त्यस्तै ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित चार सय ९० रुपैयाँ तोकिएको छ भने कर सहित नौं सय ८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र एक सय ४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्ने उल्लेख गरिएको छ ।

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्नेछन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित १४ सय ७० रुपैयाँमा २८ जिबी डेटा र दुई ८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित २८ सय ८८ रुपैयाँमा ८८ जिबी डेटा र आठ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँने कम्पनीले जनाएको छ । पर्यटकले ‘टुरिष्ट सिम’ योजनको कम्बो प्याक सिम लिई सकेपछि *७१०५# डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१