close

एन्ड्रोइडमा डार्कमोड सार्वजनिक गर्दै ह्वाट्सएप

टेकपाना टेकपाना

माघ ८, २०७६ १६:७

एन्ड्रोइडमा डार्कमोड सार्वजनिक गर्दै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइड भजर्नमा डार्क मोड उपलब्ध गराउँने भएको छ । कम्पनीले गुगल प्ले बेटा भर्जन प्रोग्राममा अहिले नयाँ अपेडेट भर्जन(२.२०.१३.) उपलब्ध गराएको छ । उक्त अपेडेटेड भर्जनमा डार्कमोडको सुविधा उपलब्ध भएको उल्लेख गरिएको छ ।

हाल बेटा प्रोग्राम अन्र्तगत सार्वजनिक गरिएको उक्त भर्जन सिमित प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउँछन् । तर, कम्पनीले उक्त अपडेटेड भर्जनको चाँडै एन्ड्रोइड प्रयोगकर्ताको लागि उपलब्ध गराउने जनाएको छ ।

यो सँगै प्रयोगकर्ताले डार्कमोडको पनि मज्जा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१