close

फोनमा भौतिक किबोर्ड मिस गरिरहनु भएको छ ? चिन्ता नलिनुहोस्, अब छिट्टै आउँदैछ

टेकपाना टेकपाना

माघ ९, २०७६ १०:२१

फोनमा भौतिक किबोर्ड मिस गरिरहनु भएको छ ? चिन्ता नलिनुहोस्, अब छिट्टै आउँदैछ

दशक अघि ब्ल्याकबेरी तथा केही एन्ड्रोइड फोनहरुमा समेत हामीले थिच्न मिल्ने किप्याड देख्थ्यौं । स्मार्टफोनको स्क्रिन ट्यापिङले त्यस्ता किटकिटे किप्याड फोनहरुलाई विस्थापित गरिदियो र तपाईं आज एउटा टचको भरमा फोन चलाउन सक्नुहुन्छ । 

तर यदि तपाईं फेरी त्यही किटकिटे किप्याडको युगमा फर्किन चाहनुहुन्छ भने एफएक्सटेकको प्रो वानले तपाईंको यो चाहानालाई पुरा गरिदिने छ । एफएक्सटेक प्रो वान फोनमा फूल साइज स्क्रिन छ । उक्त स्क्रिनमुनी सोही आकारको फिजिकल किबोर्ड राखिएको छ । यो फोनलाई टेबलमा खोलेर राख्दा यो कुनै मिनि ल्यापटप जस्तो देखिन्छ । 

यो फोनमा टाइपिङका लागि सानो किबोर्ड रहेको छ । मानिसहरुले ठूला स्क्रिन डिस्प्लेहरु मन पराउने भएकाले पनि यो फोन प्रयोगकर्ताहरुको रोजाईमा पर्नसक्नेछ । अधिकांस फोनहरुमा डिस्प्लेमा देखा पर्ने किप्याडले स्पेस ओगट्ने गर्छ तर यो फोनमा त्यस्तो हुने छैन । 

वास्तवमा अहिलेको युगमा क्यूआरटी किबोर्ड भएका स्मार्टफोन पाउन असम्भव जस्तै कुरा हो । टीसीएलले बनाएको ब्ल्याकबेरी की टु र की टु एलई पनि यस्तै अवधारणामा बनाइएका फोनहरु हुन् । तर यी दुबै फोन क्याण्डिबार स्टाइलमा बनाइएका छन् । 

यो फोन दुई भागमा बाँडिएको छ । टप हाफ यसको स्क्रिन हो भने तलपटिको हाफ यसको किबोर्ड हो । यो फोनको तल्लो र माथिल्लो भागको बिचमा हिङ्ग अर्थात् एउटा कब्जा जस्तै जोर्नी रहेको छ जसले स्क्रिनलाई खुल्लारुपमा तल माथि घुम्न दिन्छ । 

यो फोनको हार्डवेयरको कुरा गर्दा यसमा २१६० बाई १०८० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ । फोनको साइज, रेजोलुसन, लाइट तथा कलर सबै ठिक छ भने यसले आउटडोर भिजिबिलिटी पनि पर्याप्त दिन्छ । यो फोन सामसङ नोट टेन प्लसभन्दा केही गह्रुंगो रहेको छ । यसको तौल २४४.६ ग्राम रहेको छ । 

यसका राउण्ड कर्नर तथा छेउहरु हल्का कर्भ्ड आकारको छ । यसमा किबोर्ड भए पनि यो औषत आकारको पकेटमा अटाउन सक्ने किसिमको रहेको छ । यो फोनको मूख्य विशेषता रहेको फिजिकल किबोर्डको कुरा गर्दा यो एकदमै राम्रो छ । पाँच ओटा रोमा यसका सबै कीहरु स्पेसबार, नम्बर तथा एरो बटनहरु सेट भएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१