close

अमेरिकी दबाबपछि इन्क्रिप्टेड आईक्लाउड ब्याकअपको योजनाबाट पछि हट्यो एप्पल

टेकपाना टेकपाना

माघ ९, २०७६ १४:३४

अमेरिकी दबाबपछि इन्क्रिप्टेड आईक्लाउड ब्याकअपको योजनाबाट पछि हट्यो एप्पल

एजेन्सी । एप्पल कम्पनी आफ्नो आईक्लाउड सर्भिसमा रहेका प्रयोगकर्ताहरुको ब्याकअप डेटालाई इन्क्रिप्टेड स्वरुपमा दिने योजनाबाट पछि हटेको छ । अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले आफ्नो अनुसन्धालाई प्रभावित पार्ने चिन्ता व्यक्त गरेपछि एप्पल आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था रोयटर्सले लेखेको छ ।

दुई वर्ष अघि एप्पलले आफ्नो आईक्लाउड स्टोरेजमा हुने ह्याकिङलाई रोक्न आफ्ना प्रयोगकर्तालाई उनीहरुको डेटामा इण्ड टु इण्ड इन्क्रिप्सन उपलब्ध गराउने जानकारी एफबीआईलाई गराएको थियो । 

एप्पलले त्यस्तो योजनालाई लागु गरेको खण्डमा एफबीआईले आइक्लाउडका डेटाहरुमा पहुँच पाउन सक्दैन । जुन कुरा उसको स्वार्थसँग बाझिन जान्छ । सोही कारण एप्पलको कानूनी विभागले त्यस्तो योजनालाई रद्द गरेको कम्पनीका कर्मचारीहरु बताउँछन् । 

गत महिना फ्लोरिडामा भएको हिंसात्मक बन्दुक हमलाको अनुसन्धानका लागि अमेरिकी न्याय विभागले आईफोन अनलक गर्नका लागि एप्पलसँग ब्याकडोर तयार पारिदिन आग्रह गरेको थियो । तर त्यस्तो आग्रहलाई कम्पनीले अस्विकार गरेपछि राष्ट्रपति ट्रम्पले त्यसको भत्र्सना गरेका थिए । त्यसको केही समयपछि कम्पनीको पछिल्लो निर्णय सार्वजनिक भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१