close

वानप्लस एट प्रोमा वायरलेस चार्जिङ

टेकपाना टेकपाना

माघ ९, २०७६ १८:२६

वानप्लस एट प्रोमा वायरलेस चार्जिङ

लामो समयको प्रतिक्षा पछि वानप्लसले वायरलेस चार्जिङ सिस्टम सहितको स्मार्टफोन ल्याउने भएको छ । सन् २०१४ देखी वायरलेस चार्जर ल्याउने बताउँदै आएको कम्पनीले अब आउने वानप्लस एट प्रोमा वायरलेस चार्जर राख्ने भएको हो ।

टिप्सटर म्याक्स जेले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । ट्वीटमा म्याक्सले वायरलेस चार्जिङको विषयमा केही बोलेका भने छैनन् । तर, पनि उनले हालेको फोटोले वानप्लस एट प्रो वायरलेस चार्जरका साथ आउने देखिएको छ ।

जेले वायरले चार्जरबाट चार्ज भइरहेको वानप्लस एट प्रोको फोटो सार्वजनिक गरेका छन् । क्याप्सनमा ‘चार्जिङ लाईक अ प्रो’ भनी उल्लेख गरिएको छ । त्यसैले पनि वानप्लस एट प्रो वायरलेस चार्जिङका साथ आउन सक्ने आँकलन गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१