close

इमेलमा ‘थ्याङ्क यु’ म्यासेज पठाउँदा यसरी बढ्दैछ प्रदुषण

टेकपाना टेकपाना

माघ ११, २०७६ १३:७

इमेलमा ‘थ्याङ्क यु’ म्यासेज पठाउँदा यसरी बढ्दैछ प्रदुषण

यो समाचारको शिर्षक अलि अपत्यारिलो नै लाग्छ । इमेलमा कसैलाई धन्यवाद भनेर रिप्लाई गर्दा पनि कहिँ प्रदुषण होला त ?

हो, हुन्छ । यदि तपाईं यस्तो म्यासेज लेख्नुहुन्छ भने प्रदुषणमा तपाईंको हात छ । बेलायतको ओभो इनर्जीले गरेको एक अध्ययनले यस्तो निस्कर्स निकालेको हो । ओभोले यस्ता म्यासेजलाई अनावश्यक म्यासेजका रुपमा व्याख्या गर्दै त्यो वातावरणीय प्रभाव पनि मुल्यांकन गरेको छ ।

अध्ययनका अनुसार बेलायतमा एकजनाले दैनिक एउटा थ्याङ्क यु लेखिएको इमेल नगर्ने हो भने त्यसले १६ हजार ३ सय ३३ टन कार्बन उत्सर्जन कम गराउँनेछ । यो भनेको लन्डनदेखी मड्रीडसम्म हुने ८१ हजार उडानबाट उत्सर्जन हुने कार्बन बराबर हो ।

अध्ययनले के पनि देखाएको छ भने, बेलायतका ४९ प्रतिशत इमेल प्रयोगकर्ताले कुरा गर्नसक्ने दुरीमै पनि इमेल गर्छन । अध्ययनमा सहभागी ७१ प्रतिशतले यसको वातावरणीय असरको बारेमा जानकारी गराउँदा धन्यवाद इमेल प्राप्त नभए पनि फरक नपर्ने बताएका छन् ।

धन्यवाद इमेल मात्र हैन अध्ययनले अनावश्यक इमेल सकेसम्म नलेख्न सुझाव दिएको छ । अध्ययनका अनुसार बेलायतमा मात्र दैनिक ६ करोड ४० लाख इमेल आदान प्रदान हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१