ट्रेन्डिङ:
ई–सेवाले बदलेको भुक्तानी शैली, जो नेपाल हुँदै दक्षिण एसियामा फैलियो एपमार्फत उपलब्ध हुने टेलिभिजन सेवा रोक्न रिट दायर दुई महिनामा नेपाल भित्रिए ७ करोड मूल्यका स्मार्टवाच साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ ईमेल अर्डरबाट सुरु भएको नेपाली ईकमर्स पायोनियरका २ दशक बुद्ध सिंह घलेको प्लेन बनाउने अनौठो शोख फेसबुकमा ‘तिमी😅जस्तो देखिन्छ’ स्पाम आतंक, सुरक्षित रहन लिंक नखोल्नुहोला सिंहदरबार भित्र यसरी छापिन्छ राष्ट्रिय परिचयपत्र तपाईंको आईफोन, आईप्याड वा म्याकबुकमा अरुले एक्सेस पाइरहेको त छैन ? यसरी हेर्नुहोस् जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी
close

ई–सेवाले बदलेको भुक्तानी शैली, जो नेपाल हुँदै दक्षिण एसियामा फैलियो

टेकपाना टेकपाना

माघ ११, २०७६

ई–सेवाले बदलेको भुक्तानी शैली, जो नेपाल हुँदै दक्षिण एसियामा फैलियो

घरमा ल्यान्डलाइन हुने धेरैलाई अनुभव हुन सक्छ । हरेक महिना दूरसञ्चार कार्यालयमा टेलिफोन शूल्क बुझाउँदाको कष्ट । कार्यालय बाहिरसम्मै पुग्ने लामो लाइन छिचोलेर फोनको पैसा बुझाउनु त्यो समयको बाध्यता नै थियो । कहिलेककाहीं यसकै लागि दिनभर नै लाइनमै बिताउनुपर्नेसम्म हुन्थ्यो ।

टेलिफोन शूल्ककै लागि दूरसञ्चार कार्यालयमा अहिले त्यस्तो दृश्य देखिदैंन ।

हरेक तीन तीन महिनामा बिजुलीको बिल र भुक्तानी नदिए जरिवानमा परिने डर । त्यहिं डरले सदरमुकाममा रहेको विद्युत प्राधिकरणको कार्यालय धाउनैपर्ने अनि दिनभरको पट्यार लाग्दो लाइन झेल्नै पर्ने । धेरैलाई त बिल कति उठ्योसम्म पत्तै नहुने । अनुमानका आधारमा पैसाको जोहो गर्नुपर्ने ।

खानेपानी कार्यालयमा पनि उस्तै लाइन ।

भुक्तानीकै लागि दिनभर लाइन लाग्नुपर्ने यी दृश्य अब विगत बनिसके । त्यतिमात्र कहाँ हो र ? एयरलाइन्सको टिकट लिन होस अथवा रंगशालाका खेल, पेट्रोल पम्पको लाइनदेखि होटलमा खाएको खाजा खर्चसम्म । बालबच्चाको स्कुलको नियमित शूल्कका लागि पनि धेरै धाउनुपर्ने छैन अब ।

दैनन्दिन(युटिलिटी) यस्तै भुक्तानीका परम्परागत पद्धतिलाई विस्थापित गरेर स्मार्ट उपभोक्ता बनाउने श्रेय ई–सेवालाई जान्छ । ईसेवा धेरै परिचय दिइरहनुपर्ने नाम होइन अब । भुक्तानीका हरेक पद्धतिलाई अनलाइनमा समेट्ने त्यहिं ई–सेवाको अनवरत यात्राले आज ११ वर्ष पार गरेको छ ।

मोबाइल नै प्रयोग गर्न नजानेको नेपाली समाजमा सन् २००८ मै अनलाइन भुक्तानीको आइडिया ल्याउँदा ई–सेवासँग सोंच बाहेक केही थिएन । त्यस्तो सोंचमा भविष्यको एउटा अनुमान भने थियो । भविष्य देखेरै निकै चुनौतिबीच ई–सेवा अब एउटा मार्गदर्शक बनिसकेको छ नेपालमा ।

नेपालमात्र किन, ई–सेवाले सुरु गरेको सेवा भारतमा सन् २०१४ पछिमात्र सुरु भयो । दक्षिण एसियाका बाँकी देश पनि ई–सेवा स्थापना पछि मात्रै अनलाइन भुक्तानी प्रणालीमा प्रवेश भएको देखिन्छन् । एफवान सफ्टको उत्पादन ईसेवा सुरु गर्दा मोबाइल र बैंकलाई जोड्ने उद्देश्य थियो ।

त्यसको सुरुवात एसएमएसबाट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा बताउँछन् । एसएमएस बैंकिङबाट सुरु भएको यात्रा धेरै पछि मोबाइल बैंकिङको रुपमा ई–सेवा स्थापना भएको हो ।

‘आज ई–सेवाका करिब ३० लाख ग्राहकमध्ये मोबाइल एप्सबाट कारोबार गर्ने नै २० लाखको हाराहारीमा पुगेका छन् । यसबाट सेवा लिनेको संख्या एक करोड भन्दा बढी छन् । कारोबारको अंक पनि ठूलो छ । मर्चेन्ट अर्थात् बिजुली, पानी, इन्टरनेट लगायतको बिलमात्रै दैनिक २० करोडको हाराहारीमा ई–सेवाबाटै तिरिन्छ । बैंकबाट बैंकमै आउने जाने रकमको भोलुम त त्यो भन्दा बढी छ’ ई–सेवाका सीओओ रोशन लामिछाने कम्पनीको प्रगति यसरी व्याख्या गर्छन् ।

हुन पनि पुसमात्रैको तथ्याङ्क हेर्ने हो भने मोबाइल रिचार्जमात्रै ५६ लाखको हाराहारीमा भएको छ । जसबाट ७५ करोड रुपैयाँको कारोबार भएको छ ।

बत्तीको बिल ७ लाख ५० हजार पटक भएको छ । जसबाट ८० करोडको हाराहारीमा कारोबार भएको लामिछानेले जानकारी दिए । पुसमा ईसेवाबाट भएका ७५ लाख ओटा कारोबारबाट कुल २ अर्ब ५० करोड रुपैयाँ रकम कारोबार भएको छ । ई–सेवाबाट अहिले ८० हजार भन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । अहिले देशभर ई–सेवाको ८० हजार एजेन्ट र ४९ भन्दा बढी बैंकसँग आबद्धता छ ।

चार जना युवा उद्यमी विश्वास ढकाल, अस्गर अली, सुवास शर्मा र सुवास सापकोटाको समुहले देखेको डिजिटल पेमेन्टको सपनामा आज लाखौं जोडिएका छन् । पाँच स्थानमा कार्यालय स्थापना गरिसकेको कम्पनीमा पाँच सयभन्दा बढी कर्मचारी छन् ।

ई–सेवा यतिमै भने रोकिएको छैन । भुक्तानीकै वरिपरी घुमिरहेको फिनटेकलाई अपग्रेड गर्नुपर्ने बाध्यता कम्पनीले बुझेको छ । लामिछाने भन्छन ‘अब अर्को स्वरुपको काम आवश्यक छ । त्यसमा अनलाइनबाटै चेक साट्न मिल्ने, अनलाइनबाटै ऋणको आवेदन दिन सक्ने के हुन्छ । त्यो ल्याउन जरुरी छ ।’