close

एन्ड्रोइड प्रयोगकर्ताका लागि उत्कृष्ट पाँच फोटो रिसाइजर एप

टेकपाना टेकपाना

माघ १२, २०७६ १८:३४

एन्ड्रोइड प्रयोगकर्ताका लागि उत्कृष्ट पाँच फोटो रिसाइजर एप

एजेन्सी । सामान्यतया तपाईं दुई तरिकाले फोटोलाई रिसाइज गर्नुहुन्छ । पहिलो शुद्ध कम्प्रेसनबाट, जसमा तपाईं फोटोको साइजलाई त्यस्ताको तस्तै राख्नुहुन्छ तर फाइल साइजलाई भने घटाउनु हुन्छ । अर्को तरिकामा तपाईं फोटोको साइजलाई रिसेप गर्नुहुन्छ चाहे घटाएर होस् वा बढाएर ।

एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि केही यस्ता फोटो रिसाइज एपहरु छन् जसबाट तपाईं यो दुबै काम गर्न सक्नुहुन्छ ।

कोडेनिया इमेज साइज

मूल्यः नि:शूल्क वा ४.९९ अमेरिकी डलर

कोडेनियाको इमेज साइज एप इमेज रिसाइजिङका लागि सामान्य तर एकदमै प्रभावकारी एप हो । यो एपमा फोटो रिसाइज गर्नलाई तपाईं फोटो खोलेर त्यसलाई एपमा इन्टर गर्नुहोस् । आफूलाई चाहिएको साइज पनि इन्ट्री गर्नुहोस् र त्यसलाई ठिक्को एस्पेक्ट रेसियोमा क्रप गर्नुहोस् । यसबाट एडिट भएका फोटोहरुको स्टोरेज साइज जेपीईजी क्वालिटी सेटिङसँग मिल्छ । यसले तीन विधिबाट फोटोलाई रिसाइज गर्छ

लिट फोटो कम्प्रेस एण्ड रिसाइज

मूल्यः निशूल्क वा १.९९ डलर

फोटो कम्प्रेसन तथा रिसाइजका लागि लिट फोटो एकदमै राम्रो एप हो । यो एपबाट फोटो रिसाइजको यो दुबै विधि राम्ररी पुरा गर्न सकिन्छ । डायमेन्सनको आधारमा यहाँ फोटोलाई रिसाइज गर्न सकिन्छ र थोरै स्टोरेज स्पेस प्रयोग गर्नका लागि फोटोलाई रिसाइज गर्न मिल्छ यो एपमा । यसले ब्याच कम्प्रेसनलाई पनि सपोर्ट गर्छ । यसले ओरिजिनल फाइललाई पनि कुनै असर पार्दैन । त्यो सुरक्षित रहनसक्छ । यो सस्तो, सजिलो र प्रभावकारी छ ।

रिसाइज मी

मूल्यः निशूल्क वा १.४९ डलर

यो एपमा तपाईले फोटोलाई कम्प्रेस र रिसाइज दुबै गर्न सक्नुहुन्छ । यसले पीएनजी र जेपीईजी दुबै फर्मेटमा फोटोलाई सपोर्ट गर्छ । यो एपले एक्सचेन्जेबल इमेज फाइल फम्र्याट ईएक्सआईएफ डेटा राख्छ जसले गर्दा तपाईले एकैपटक धेरै तस्विरहरुलाई रिसाइज गर्नसक्नुहुन्छ । यो पनि अन्य एपहरु जस्तै चलाउन सजिलो छ ।

फोटो रिसाइजर

मूल्यः निशूल्क वा ३.९९ डलर

फोटो रिसाइजर एकदमै सजिलो फोटो रिसाइजर एप हो । यो एपमा फोटो रिसाइज गर्नका लागि तपाई फोटो सेलेक्ट गर्नुहोस् । त्यसपछि प्रिसेट साइज वा आफूले चाहेको साइज टाइप गर्नुहोस् । त्यसपछि तपाईले चाहेको फोटो पाउन सक्नुहुनेछ ।

जेड मोबाइल फोटो रिसाइजर

मूल्यः निशूल्क वा १.९९ डलर

यो पनि एकदमै राम्रो फोटो रिसाइजर एप हो । यसले दुबै पीएनजी र जेपीईजी फोटोलाई सपोर्ट गरी विभिन्न आकारमा फोटोलाई रिसाइज गर्छ । यसमा तपाई एस्पेक्ट रेसियो, एक्ज्याक्ट पिक्सल्स तथा पसेन्टेज प्रयोग गर्नसक्नुहुन्छ । यसमा तपाई २० प्रतिशत सम्म फोटोलाई सानो बनाउन सक्नुहुन्छ । यसमा ब्याच रिसाइजर, क्रोप छुल, नन डिस्ट्रक्टिभ एडिटिङ रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१