close

फाइल सेयरिङ गर्ने प्रविधि बनाउँदै सामसङ

टेकपाना टेकपाना

माघ १२, २०७६ ९:१

फाइल सेयरिङ गर्ने प्रविधि बनाउँदै सामसङ

कोरियाली स्मार्टफोन निर्माता सामसङले स्मार्टफोनमार्फत छिटो फाइल सेयरिङको लागि छुट्टै प्रविधि तयार पार्ने भएको छ । लिक भएको जानकारी अनुसार यसको अधिकांश फिचर एप्पलको एयरड्रप जस्तो हुनेछ ।

एयरड्रप आइफोन र म्याक प्रयोगकर्ताले फाइल सेयरिङको लागि प्रयोग गर्दै आएका छन् । एयरड्रप एन्ड्रोइड डिभाइसमा नचल्ने भएकाले सामसङले बनाउने प्रविधि एन्ड्रोइड प्रयोगकर्ताको लागि उपयोगी हुने अनुमान छ ।

सामसङले आफ्नो आगामी फ्ल्यागसिप फोन ग्यालेक्सी एस ट्वान्टीमा यो प्रविधिलाई समावेश गर्ने तयारी गरेको छ । यसले सामसङको फोनमा मात्रै नभई अन्य एन्ड्रोइड डिभाइसलाई समेत समावेश गर्ने अपेक्षा छ ।

यसअघि एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माता गुगलले आफ्नो अपरेटिङ सिस्टममा फाइल सेयरिङको लागि एन्ड्रोइड बिम नामक यस्तै सुविधा दिने प्रविधि राखे पनि केही वर्ष अघि नै यो सेवा बन्द भइसकेको छ । यसको विकल्पको रुपमा गुगलले फाइल सेयरिङको लागि फाइल नामक एप सार्वजनिक गरेको थियो । तर यसलाई प्रयोगकर्ताले त्यति रुचाएका भने छैनन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१