close

एक्सटर्नल ड्राइभमा पनि फिंगरप्रिन्ट

टेकपाना टेकपाना

माघ १२, २०७६ १४:२२

एक्सटर्नल ड्राइभमा पनि फिंगरप्रिन्ट

एक्सटर्नल ड्राइभ कम्युटर प्रयोगकर्ताको लागि नभई नहुने साधन बनेको छ । कम्युटरमा भएको हार्ड ड्राइभको स्पेश सकिनासाथ प्रयोगकर्ताले एक्सटर्नल हार्डड्राइभ किन्ने गरेका छन् । बोकेर हिंड्न पनि सजिलो र धेरै स्पेश खाने फाइलहरु सबै राख्न पनि सहज हुने भएकाले प्रयोगकर्ताले यसलाई रुचाएका हुन् ।

साथै आफ्नो कम्युटरमा भएको फाइललाई व्याकअपको लागि पनि यो उपयोगी छ । यसले कम्युटर कुनै कारणले बिग्रिएर फाइल डिलिट भएमा पनि प्रयोगकर्तालाई बचाउछ । साथै, एउटा कम्युटरमा भएको सबै फाइल एक्सटर्नल ड्राइभमा हालेर हिंडेपछि अन्य जुनसुकै कम्युटरमा पनि उक्त फाइल राखेर काम गर्न सहज हुन्छ ।

अहिले चल्तीमा रहेका सबै एक्सटर्नल ड्राइभ उत्पादकहरु ड्राइभलाई तिव्र गतिको बनाउन उद्यत छन् । यसको अर्थ हो फाइल एउटा डिजाइसबाट अर्कोमा कपी वा पेस्ट गर्दा छिटो हुने प्रविधि ।

तर सामसङले भने नयाँ उपाय निकालेको छ । ड्राइभरको सुरक्षाको लागि फिंगरप्रिन्ट भएको ड्राइभर कम्पनीले बजार पठाउने तयारी गरेको छ । यो ड्राइभर सन् २०२० को अन्त्यसम्ममा बजारमा उपलब्ध हुनेछ ।

यसले ड्राइभमा भएको फाइललाई अरु व्यक्तिले कपी गर्ने सम्भावनाको अन्त्य गर्ने कम्पनीको दाबी छ । फिंगरप्रिन्ट सुरक्षा भएको सम्भवतः संसारको यो पहिलो ड्राइभर हुनेछ । कम्पनीले यो ड्राइभको प्रोटोटाइप यो वर्षको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा पनि प्रदर्शन गरेको थियो ।

फिंगरप्रिन्टको सुविधा भएकाले यो बजारमा उपलब्ध हुने ड्राइभको तुलनामा केही महंगो हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१