close

हुवावेको फाइभजीः विदेशमा कलह तर स्वदेशमा सफलता

टेकपाना टेकपाना

माघ १२, २०७६ १३:१५

हुवावेको फाइभजीः विदेशमा कलह तर स्वदेशमा सफलता

एजेन्सी । अमेरिका तथा वेलायत लगायत समग्र पश्चिमा मुलुकले हुवावे कम्पनी, उसका सामाग्री तथा पछिल्लो समय विकास गरेको फाइभजी प्रविधिलाई बहिष्कार गर्दै आइरहेका छन् । तर कम्पनीले आफ्नै मुलुकमा भने गतिलो प्रदर्शनी गरिरहेको छ ।

उक्त कम्पनीले आंकलन गरेको फाइभजी नेटवर्क विस्तारको ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

गत अक्टोबर ३१ तरिखमा कम्पनीले ५० ओटा चिनियाँ शहरमा फाइभजी सेवा विस्तार गरेको थियो । जुन विश्वको सबै मुलुकमा भइरहेको परीक्षण भन्दा ठूलो हो । अर्थात, चीन एक्लै विश्वका सबै देशभन्दा फाइभजी विस्तारमा अघि छ ।
चीनको सञ्चार मन्त्रालयले २० दिनमा नै देशमा आठ लाख फाइभजीको प्रयोगकर्ता संख्या दर्ता भएको दाबी गरेको छ । २०२० सम्ममा यो प्रयोगकर्ता संख्या ११ करोड पुग्ने विश्लेषकहरु मान्छन् ।

पश्चिमा प्रतिस्पर्धी मुलुकहरु हुवावेलाई लिएर विवादमा उत्रिएको बेला स्व्देशमा भने कम्पनीले भने तिब्र गतिमा आफ्नो सेवा विस्तार गरिरहेको छ । पश्चिमा मुलुकहरुले हुवावेको नेटवर्कमा चिनियाँ सरकारको पहुँच रहने र तथ्यांक चोरी हुने आरोप लगाइरहेका छन् तर कम्पनीले आफ्नो प्रविधिले कसैलाई निगरानी नगर्ने स्पष्टिकरण बारम्बार दिंदै आएको छ ।


फाइभजी प्रविधिलाई सपोर्ट गर्ने उपकरण तथा पूर्वाधारहरुको विकासमा हाल चीनको प्रविधि क्षेत्र लागि परेको छ ।

हाल उत्तरी हङकङको ठूलो क्षेत्रफलमा अनुसन्धानकर्ताहरु फाइभजी आधारित अटोनोमस भेहिकल विकास गरिरहेका छन् । उक्त कामका लागि हङकङको अप्लाइड साइन्स एण्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युसनले हुवावे कम्पनीसँग साझेदारी गर्दैछ ।

उक्त फाइभजी प्रविधि स्वचालित कारहरुका लागि एकदमै उपयोगी हुने उनीहरुको ठहर छ ।

उक्त परियोजनामाथि काम गरिरहेका एक अनुसन्धानकर्ता एलेक्स मुई भन्छन्,‘उपभोक्ताहरुका लागि फाइभजीले अन्यसँग अन्तरक्रिया गर्ने तरिकालाई सम्भवतः परिवर्तन गराई दिन्छ । सरकारका लागि यसले नयाँ एप्लिकेसनलाई सपोर्ट गर्ने किसिमका सडक तथा सडक पूर्वाधारमा परिवर्तन ल्याई स्वचालित सवारीहरुलाई सपोर्ट गर्नेछ ।’

फाइभजीको रोलआउट सुरु गर्ने चीन पहिलो मुलुक होइन । तर उसले विश्वमै तिब्र गतिमा फाइभजी नेटवर्कको बजार विस्तार गरिरहेको छ । यो विस्तारबाट हुवावे र जेटीईले गतिलो प्रदर्शन गरिरहेका छन् ।

गत नोभेम्बरमा आयोजित फाइभजी कन्भेन्सनमा बोल्दै चिनियाँ उद्योग तथा सञ्चार मन्त्रीले अमेरिकाले साइबर सुरक्षालाई संरक्षणवाद लाद्ने बाहाना बनाएको आरोप लगाएका छन् ।

सीसीएस इन्साइटका प्रमुख अनुसन्धानकर्ता बेन उड भन्छन्, ‘चीन आफूलाई विश्वकै लिडिङ फाइभजी मुलुक बनाउन प्रतिबद्ध रहेको अवस्थामा, हुवावेका लागि स्वदेशी बजार नै पर्याप्त छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१