close

यस्तो रह्यो ई-सेवाको एक दशक

टेकपाना टेकपाना

माघ १२, २०७६ १७:२४

यस्तो रह्यो ई-सेवाको एक दशक

काठमाडौं । ई-सेवाको मोबाइल एपमार्फत सहज रुपमा पैसा पठाईरहेका हाम्रालागि कम्पनीको पहिलो भर्जनबारे त्यति जानकारी नहुन सक्छ । आज मोबाइल एपमा ई-सेवा चलाउनेलाई यसको सुरुवात कम्प्युटर भर्जनबाट भएको थियो भन्दा अचम्म लाग्ला ।

तर, यथार्त त्यहीँ हो । सन् २००९ मा ई-सेवाको बेटा भर्जन डेक्स्टप कम्युटर बाट मात्र चलाउन सकिने थियो । सुरूमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । ई-सेवाले टेलिकमबाट रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो ।

त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिने भएको छ ।

ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर थियो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्सकाे टिकट ई-सेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले ई-सेवामार्फत एयरलाइन्स् टिकट लिन्छन् ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको ई-सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । साेही समयबाट ई-सेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन भई हरियो भयाे ।

२०१३ बाट एजेन्ट मोडलमा गएको ई-सेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए । आजको दिनमा ई-सेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा ई-सेवाले मोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्जनबाट ई-सेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो ।

२०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएको थियो । २०१७ मा ई-सेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको हो । यसरी अघि बढेको ई-सेवा आज ११ औं वर्षमा प्रवेश गरेको छ ।

दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा भन्छन, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामी आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१