close

२०२० मा आउँदैछन् यी पाँच उत्कृष्ट एन्ड्रोइड फोन

टेकपाना टेकपाना

माघ १३, २०७६ ११:२८

२०२० मा आउँदैछन् यी पाँच उत्कृष्ट एन्ड्रोइड फोन

एजेन्सी । २०२० को वर्षको सुरुवात नै स्मार्टफोन सौखिनहरुका लागि एकदमै सुखद देखिएको छ । वर्षको सुरुवातमा ग्यालेक्सी एस १० लाइट, ग्यालेक्सी नोट १० लाइट र वान प्लस कन्सेप्ट वान जस्ता फ्ल्यागसिप ह्याण्डसेट बजारमा आईसकेका छन् ।

भने, अझै धेरै फोनहरु छन जुन आगामी दिनमा सार्वजनिक हुँदैछन् । सामसङ, हुवावे र एलजी जस्ता कम्पनीहरुले आफ्नो फ्ल्यागसिप फोन सार्वजनिक गर्दै छन् । मिड रेन्जमा गुगल, साओमीजस्ता कम्पनीहरुको फोन सार्वजनिक हुँदैछ । त्यसमध्य पनि यस वर्ष सार्वजनिक हुने उत्कृष्ट पाँच स्मार्टफोनको विषयमा तल उल्लेख गरिएको छ ।

सामसङ ग्यालेक्सी एस २० सिरिज

सामसङले आफ्नो एस सिरिजका फोनहरु आगामी फेब्रवरी ११ मा सार्वजनिक गर्दैछ । जसमा ग्यालेक्सी एस २०, एस २० प्लस र एस २० अल्ट्रा गरि तीन ओटा फोन सार्वजनिक हुनेछन् । जुन सान फ्रान्सिस्कोमा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।

सामसङले एस सिरिजका उक्त फोनहरुका बारेमा जानकारी सार्वजनिक गरेको छैन् । यद्यपी रिपोर्टहरुका अनुसार यो सिरिजका तीनओटै ह्याण्डसेटमा कभ्र्ड डिस्प्ले रहने छ । यस्तै फोनको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहनेछ । फोनमा स्नापड्रागन ८६५ वा एक्जाइनस ९९० चिपसेट रहनेछ जुन क्षेत्र अनुसार फरक हुने उल्लेख गरिएको छ । यी कुनै फोनमा पनि हेडफोन ज्याक हुने छैन ।

सामसङ ग्यालेक्सी जेट फ्लिप

सामसङको सेकेण्ड जेनरेशनको फोल्डेएवल फोन हो ग्यालेक्सी ‘जेट फ्लिप’ । यो फोनलाई पनि सामसङ कम्पनीले ग्यालेक्सी एस २० सिरिजसँगै सार्वजनिक गर्ने तयारी गरेको छ ।

ग्यालेक्सी जेट फ्लिप कम्पनीका यसअघिका उत्पादन भन्दा फरक हुने अपेक्षा गरिएको छ । गत वर्ष आयोजित डेप्लोपर कन्फ्रेन्समा कम्पनीले फ्लिप फोन जस्तै भर्टिकल फोल्ड हुने फोनको कन्सेप्ट डिजाइनलाई प्रदर्शन गरेको थियो । मोटोरोलाले आफ्नो ‘मोटो रेजर’ फोल्डेएवल ह्याण्डसेटका लागि पनि यस्तै डिजाइन प्रयोग गरेको छ ।

रिपोर्ट अनुसार यो फोनमा पुरानो स्नापड्रागन ८५५ चिपसेट हुनेछ भने १० मेगा पिक्सल्सको फ्रन्ट फेसिङ क्यामेरा हुनेछ । यसको बजार मूल्य हजार डलर रेन्जभित्र रहने बताइएको छ ।

साओमी एमआई १० सिरिज

साओमी कम्पनीले आउने फेब्रुअरीमा वल्र्ड मोबाइल कंग्रेस(एमडब्लुुसी) २०२० मा आफ्नो फ्ल्यागसिप सिरिजका दुई फोनहरु सार्वजनिक गर्दैछ ।

यी दुबै फोनबीच क्यामेरा सेटअफ, मेमोरी कन्फिग्रेसन्स, ब्याट्री क्षमताको आधारमा फरक छ । यी दुबै फोनमा स्नापड्रागन ८६५ चिपसेट छ । ६.५ इन्च ९० हज ओलेड डिस्प्ले यो फोनमा वायरलेस चार्जिङ रहेको छ । यो फ्ल्यागसिप फोनको मूल्य भने हालसम्म सर्वाजनिक भएको छैन तर यसको मूल्य ग्यालेक्सी एस २० र ४० प्रो भन्दा ठूलो फरक रहन सक्ने बताइएको छ ।

एलजी जी नाईन र भी ६० थिंक

एलजी कम्पनीले २०२० मा सार्वजनिक गर्ने आफ्नो फोन एलजी जी नाईन थिंकका बारेमा खासै केही बताएको छैन । तर विभिन्न वेबसाइटमा आएका रिपोर्टहरु अनुसार यो फोनको ब्याकसेटअपमा चारओटा क्यामेरा रहेका छन ।

Image result for LG G9

यस्तै इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहेको छ भने एउटा हेडफोन ज्याक पनि रहेको छ । यसमा एउटा डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि हुने अपेक्षा गरिएको छ । करिब ६.९ इन्चको डिस्प्ले रहेको यो फोनको माथि सानो नच रहेको छ ।

यस्तै भी ६० थिंक फाइभजी नेटवर्कलाई सपोर्ट गर्ने फोन भएको बताइएको छ । यो फोन पनि एलजी जी ८ एक्स थिंकजस्तै सेकेण्डरी स्क्रिन रहेको छ । यो फोन आउने फेब्रुअरीमा बार्सिलोनामा आयोजना हुने एमडब्लुुसीमा प्रदर्शन गरिने बताइएको छ ।

जेडटीई एक्सन १० एस प्रो फाइभजी

जेडटीई कम्पनीले आगामी फेब्रुअरीमा एमडब्लुुसीमा आफ्नो नयाँ फ्ल्यागसिप फोन एक्सन १० एस प्रो फाइभजी सार्वजनिक गर्दैछ । टेन्ना लिस्टिङमा आएको खबर अनुसार गत वर्षको एक्जन १० प्रो फाइभजीलाई थोरै अपग्रेड गरेर एक्जन १० प्रो फाइभजी तयार गरिएको छ ।

यसमा भएको आकर्षक डिजाइन र आकर्षक मूल्यका कारण यो फोन एकदमै राम्रो मानिएको छ । फोनमा ६.४७ इन्चको फूल एचडी प्लस ओलेड डिस्प्ले रहेको छ भने यसमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यसमा तीनओटा रियर क्यामेरा सेटअप र स्नापड्रागन ८६५ चिपसेट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१