close

प्रदेश २ का सबै सार्वजनिक निकायमा ब्रोडब्यान्ड नेटवर्क निर्माण पूरा, नि:शुल्क इन्टर्नेट पाइने

टेकपाना टेकपाना

माघ १३, २०७६ ९:८

प्रदेश २ का सबै सार्वजनिक निकायमा ब्रोडब्यान्ड नेटवर्क निर्माण पूरा, नि:शुल्क इन्टर्नेट पाइने

प्रदेश २ अन्तर्गतका आठ ओटै जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने काम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसन्चार विकास कोषको रकम प्रयोग गरि देशैभर ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने परियोजना अन्तर्गत प्रदेश २ को काम सम्पन्न गरेको हो ।

प्रतिस्पर्धामार्फत सुविसु केबलनेटले उक्त क्षेत्रमा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने जिम्मा पाएको थियो । सुविसुले उक्त काम सकिएको जानकारी प्राधिकरणलाई गराएको हो । दुई बर्ष अघि काम सुरु गरेको सुविसुले उक्त प्रदेश अन्तर्गतका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका नगरपालिका, गाउँपालिका, तथा त्यस मातहतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था नेटवर्क निर्माण गरेको हो ।

ब्रोडब्यान्ड नेटवर्क स्थापना गरिएका स्थानमा कम्तिमा ५१२ केबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टर्नेट उपलब्ध हुनेछ । यस्तो इन्टर्नेट उक्त क्षेत्रमा दुई बर्षसम्म निशुल्क प्रयोग गर्न सकिनेछ । यसरी उपलबध ईन्टरनेटको सेवाको सम्बन्धमा कुनै गुनासो भए टोल फ्री नम्बर १६६००१५९९९९ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धि जिल्लाका उल्लेखित सस्थामा ब्रोडब्यान्ड ईन्टरनेट नपुगेको भए १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउनुपर्नेछ । सो क्षेत्रका सर्वसाधारणले ईन्टरनेट जडान गर्नुपरेमा सुविसुसङ्ग लिन सक्ने प्राधिकरणले स्पस्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१