close

भारतीय बजारमा सामसङभन्दा भिभो अघि

टेकपाना टेकपाना

माघ १३, २०७६ १३:८

भारतीय बजारमा सामसङभन्दा भिभो अघि

एजेन्सी । हालै सार्वजनिक काउन्टरपोइन्टका प्रतिवेदन अनुसार भारतीय बजारमा चिनीयाँ कम्पनी भिभो दोस्रो ठुलो ब्राण्डको रुपमा उदाएको छ । सन् २०१९ को चौथो त्रैमासिक प्रतिवेदन अनुसार भारतमा कुल १५ करोड ८० लाख मोबाइल भित्रिएका छन् ।

त्यसमा सामसङलाई पछि पार्दै भिभो भारतको दोस्रो ठुलो स्मार्टफोन आपूर्तिकर्ता बन्न सफल भएको छ । प्रतिवेदन अनुसार पछिल्लो एक वर्षको अवधिमा भारतमा भिभोको मार्केट शेयर १३२ प्रतिशतले वृद्धि भएको छ ।

Indian Market

जब कि सोही अवधिमा पहिलो नम्बरमा रहको साओमीको मार्केट शेयर केवल सात प्रतिशतले बढेको छ । भिभोले सामसङलाई पछि पार्नुको मूख्य कारण कम्पनीको ‘एस सिरिज’ का स्मार्टफोन रहेको काउन्टरपोइन्टले उल्लेख गरेको ।

भारतीय बजारमा १३ हजार देखी १५ हजार रुपैयाँ पर्ने यी स्मार्टफोन अनलाइन तथा अफलाइन दुबै बजारमा सफल भएको उल्लेख गरिएको छ । कम्पनीले भारतका स–साना बजारमा पनि आफ्नो स्टोरहरु स्थापना गरि सेवा उपलब्ध गराइरहेको छ ।

त्यतिमात्रै नभएर कम्पनीले बजारमा रहेका मोबाइल पसलहरुसँग सम्झौता गरी उनिहरुलाई मर्चेन्टको रुपमा विस्तार गरिरहेको छ । मर्चेन्टलाई ठूलो मार्जिन उपलब्ध गराएर अन्य कम्पनीको भन्दा आफ्नो मोबाइल बेच्न अभिप्रेरित गरिरहेकाले पनि कम्पनी सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१