close

फेब्रुअरी २ मा सार्वजनिक हुँदै पोकोफोन एक्स टु

टेकपाना टेकपाना

माघ १३, २०७६ १५:३७

फेब्रुअरी २ मा सार्वजनिक हुँदै पोकोफोन एक्स टु

एजेन्सी । सन् २०१८ मा साओमीको सहायक ब्राण्ड पोकोले पोकोफोन एफवान सार्वजनिक गरेको थियो । उक्त फोन सार्वजनिक हुँदा स्मार्टफोन बजारमा नयाँ तरंग नै पैदा भयो ।

स्न्यापड्रागन ८४५ एसओसी चिप सेट रहेको फोनमा ६ र ८ जीबीको र्‍याममा राखिएको थियो । मोबाइल ६४ र १२८ र २५६ जीबी स्टोरेज विकल्प सहित उपलब्ध थियो । जसको नेपाली बजार मूल्य २९ हजार नौं सय ९९ बाट सुरु थियो ।

मोबाइलमा प्रयोग भएको नवीनतम् प्रविधि र त्यसको मूल्यले ग्राहकलाई आकर्षित गर्न सफल भएको थियो । जसको प्रतिफल पोकोफोन एफवान ले पहिलो वर्षमै राम्रो सफलता हात पार्‍यो ।

पोको फोन साओमी कम्पनीसँग छुट्टिएर स्वतन्त्र ब्राण्ड बनिसकेको छ । स्वतन्त्र ब्राण्ड बनेलगत्तै कम्पनीले आफ्नो नयाँ फोन पोको एक्स टु सार्वजनिक गर्दैछ । 

कम्पनीले उक्त फोन आगामी फेब्रुअरी ४ मा सार्वजनिक गर्ने ट्वीटरमार्फत घोषणा गरेको छ । उक्त फोनको सार्वजनिक हुने मितिको अलावा अन्य केही कुरा पनि ट्वीटरमा सार्वजनिक गरिएको भने छैन । तर कम्पनीले ट्वीटरमा स्मुथनेसको कुरा उल्लेख गरेको कारण उक्त फोनमा १२० हर्जको डिस्प्ले हुनसक्ने अपेक्षा गरिएको छ ।

पोकोले अब भारतमा आफ्नो उत्पादन र बजार केन्द्रीत गर्ने बताइएको छ । साओमीसँग छुट्टिएसँगै पोको छुट्टै ब्राण्ड, छुट्टै संस्था र टोलीको साथ बजारमा आउँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१