close

एनआईसी एसियाको कार्ड तथा क्यूआरबाट सामसङ टेन सिरिजका फोन किन्दा ३ हजारसम्म छूट

टेकपाना टेकपाना

माघ १३, २०७६ १८:२४

एनआईसी एसियाको कार्ड तथा क्यूआरबाट सामसङ टेन सिरिजका फोन किन्दा ३ हजारसम्म छूट

काठमाडौं । सामसङले एनआईसी एसिया बैंकसँगको सहकार्यमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बैंकको डेबिट तथा क्रेडिट कार्ड अनि क्यूआर कोड स्क्यानर मार्फत सामसङ ग्यालेक्सी एसटेन, एसटेन प्लस र ग्यालेक्सी नोट टेन तथा नोटटेन प्लस स्मार्टफोनको भुक्तानी गर्दा १५ प्रतिशत देखि अधिकतम तीन हजार सम्मको छुट दिने भएको हो ।

‘सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ’, सामसङ मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापित भन्छन्, ‘यसैको प्रतिफल हाम्रा उत्पादनहरुले उपभोक्ताको जीवनमा थप सहजता प्रदान गरिरहेका छन् । सामसङको पावर अफ टेन सिरिज यसको भिन्न अनुभवको लागि परिचित छ । जसको प्रयोगले प्रयोगकर्तालाई असीम सम्भावना पहिल्याउन थप शक्ति प्रदान गर्नेछ । सुविधाजनक रूपमा पहुँच योग्य प्रिमियम सुविधा यस सिरिजबाट प्राप्त हुनेछ ।’

कम्पनीका अनुसार यो अफर एनआईसी एसिया बैंकको कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटमा फेब्रुअरी २८ सम्म उपलब्ध हुनेछ । एनआईसी बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकलाई यस अफरले थप सहजता र सुविधा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१