close

ई-सेवामा काम गर्न चाहनुहुन्छ ? यी पदमा खुलेको छ जागिर

टेकपाना टेकपाना

माघ १४, २०७६ १२:३८

ई-सेवामा काम गर्न चाहनुहुन्छ ? यी पदमा खुलेको छ जागिर

काठमाडौं । अनलाइन डिजिटल पेमेन्ट गेटवे ई-सेवाले कर्मचारी भर्नाका लागि दर्खास्त खुल्ला गरेको छ । कम्पनीले विभिन्न २३ पदका लागि कर्मचारी र चार पदका लागि नयाँ इन्टर्नको माग गरेको हो ।

ई-सेवाले जाभाका लागि सिनियर वा मध्यम स्तरको सफ्टवेयर इन्जिनियर ६ जना र क्युए इंन्जिनियर २ जना माग गरेको छ । यस्तै डिप्लोमा गरेका टेक्निकल सपोर्ट असिस्टेन्ट र असोसिएट सपोर्ट सिस्टम तथा नेटवर्क इन्जिनियर पदमा क्रमशः ३ र ४ जनाको मागिएको छ ।

यसैगरी सिनियर एन्ड्रोइड डेभलपर, मिड लेभल आईओएस डेभलपर, ग्यामबास प्रोग्रामर, भिजुअल बेसिक प्रोग्रामर, जुनियर सफ्टवेयर इन्जिनियर फ्रन्टेड, सिनियर अपरेसन अफिसर, डक्युमेन्टेसन अफिसर, डिजिटल मार्केटिङ अफिसर तथा फ्रन्ट डेस्क अफिसरका लागि समेत कम्पनीले १ / १ जना कर्मचारीको माग गरेको छ ।

यस्तै कम्पनीले इन्टर्नको रुपमा पोखरा र बिराटनगर शाखाका लागि चार जना विजनेस डेभलपमेन्टका लागि आवदेन खुलाएको जानकारी दिएको छ । इच्छुक आवदेकहरुले ई-सेवाको इमेल मा आफ्नो सीभी पठाउन सक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१