close

करीब ६ महिनापछि जम्मु-कस्मिरको इन्टरनेट आंशिक खुल्ला, फेसबुक र ट्वीटर भने अझै नचल्ने

टेकपाना टेकपाना

माघ १४, २०७६ १४:८

करीब ६ महिनापछि जम्मु-कस्मिरको इन्टरनेट आंशिक खुल्ला, फेसबुक र ट्वीटर भने अझै नचल्ने

एजेन्सी । प्रजातान्त्रिक व्यवस्थामा सबैभन्दा लामो समयसम्म सूचना प्रविधिमाथिको प्रतिबन्ध खेपेको जम्मु र कश्मिरमा इन्टरनेट सुविधा आंशिकरुपमा खुल्ला भएको छ । गत जनवरी १५ देखि त्यहाँको राज्य प्रशासनले सीमित क्षेत्रमा टु जी तथा ब्रोडब्याण्ड इन्टरनेट खुल्ला गरेको हो ।

जम्मु तथा कश्मिर क्षेत्रका ३०१ साइटहरुमा टु जी इन्टरनेट सेवा पुनःस्थापना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यस्तै केही सामाचार माध्यमहरुलाई पनि खुल्ला गरिएको छ । जम्मु र कस्मिरको विशेष संवैधानिक अधिकार खोस्ने निर्णयसँगै भारतले त्यस क्षेत्रमा ६ महिनादेखि इन्टरनेट बन्द गराएको थियो ।

त्यहाँको प्रशासनले बैंकिङ साइटहरु, ट्राभल बुकिङ सेवाहरु, शिक्षा सम्बन्धि वेबसाइटहरु, म्युजिक तथा भिडियो स्ट्रिमिङ सेवा तथा केही सामाचार वेबसाइटहरुमाथिको प्रतिबन्ध पनि हटाएको छ । तर फेसबुक तथा ट्वीटरमाथिको प्रतिबन्ध भने कायमै छ । समाचारहरुमा जनाइए अनुसार यस्तो प्रतिबन्ध ३१ जनवरीसम्म जारी रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१