close

यस्तो छ, गुगल क्रोम एपहरु बन्द हुने समय तालिका

टेकपाना टेकपाना

माघ १४, २०७६ १५:१२

यस्तो छ, गुगल क्रोम एपहरु बन्द हुने समय तालिका

एजेन्सी । साढे तीन वर्षपछि गुगलले अन्ततः क्रोमका वेब एप एपहरुलाई अवकास दिँदैछ । क्रोमले सार्वजनिक गरेको समय तालिका अनुसार यसै मार्चदेखि क्रोमको वेब स्टोरले नयाँ एप्सहरुलाई सपोर्ट गर्ने छैन ।

डेभलपर्सहरुले जून २०२२ भित्र नै हालको क्रोमका एपहरुलाई अपडेट गर्नुपर्नेछ । यस्तै गुगलले २०२२ को मध्यदेखि क्रोम ओपरेटिङ सिस्टममै क्रोम एप सपोर्टलाई बन्द गरिदिनेछ । यसैगरी जून २०२० मा विण्डो, म्याक, लिनक्समा क्रोम एपको सपोर्ट बन्द हुनेछ ।

क्रोम इन्टरप्राइज तथा क्रोम एजुकेसन भएका ग्राहकहरुले डिसेम्बर २०२० सम्म अपग्रेड गर्नसक्नुपर्नेछ ।
डिसेम्बर २०२० सम्ममा क्रोमको एप विण्डो, म्याक र लिनक्समा पूर्ण रुपमा बन्द हुनेछ । यस्तै २०२१ जूनमा एनएसीआई, पीएनएसीआई र पीपीएपीआई, एपीआईमा गुगलको सपोर्ट बन्द हुनेछ ।

जून २०२१ मा नै क्रोम ओपरेटिङ सिस्टममा क्रोम एप्सको सपोर्ट बन्द हुनेछ । क्रोम इन्टरप्राइज तथा क्रोम एजुकेशन प्रयोगकर्ताहरुले २०२२ जूनसम्म अपग्रेड गर्न सक्नेछन् । यसैगरी २०२२ जूनसम्ममा क्रोम ओपरेटिङ सिस्टममा क्रोम एपहरुको सपोर्ट सबै किसिमका सेवाग्राहीहरुका लागि बन्द हुनेछ ।

गुगलले २०१६ मा क्रोम एपहरुलाई अवकास दिएर बन्द गर्ने घोषणा गरेको थियो । तर यो प्रक्रिया पुरा हुन साढे तीन वर्ष लाग्यो । ती एपहरुका साटो ल्याइने वेबले गुगलका पुराना एपहरुको तुलनामा राम्रो काम गर्न सक्ने विश्वास नभएको कारण प्रक्रिया पुरा गर्न ढिलो भएको हो ।

नयाँ वेबले ओपन प्लेटफर्ममा एकदमै उत्कृष्ट अनुभव दिनसक्ने विश्वास गुगलको छ । क्रोम एपसँगै एक्स्टेन्सन भने बन्द नहुने गुगलले स्पष्ट पारेको छ । क्रोममा हाल एक लाख ९० हजार थिम, क्रोम एक्स्टेन्सन तथा वेब एपहरु रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१