close

कस्तो होला आईफोन ट्वेल्भ ?

टेकपाना टेकपाना

माघ १४, २०७६ १७:१४

कस्तो होला आईफोन ट्वेल्भ ?

एजेन्सी । २०२० मा आउने एप्पलका आईफोनकाे नयाँ डिजाइन र फिचरको निकै चर्चा चलिरहेको छ । तर यसै हप्ता सार्वजनिक भएको एक रिपोर्टले त्यस्तो चर्चा गलत भएको ठहर गरेको छ ।

रिपोर्टका अनुसार २०२० मा सार्वजनिक हुने भनिएको आईफोन ट्वेल्भको डिजाइन र लुक्स आईफोन ११ भन्दा फरक हुने छैन । दुई फोनबीच दुरुस्त समानता नभए पनि धेरै विषयमा समान हुने रिपोर्टले उल्लेख गरेको छ ।

जापानी प्रकाशन म्याक ओटाकाराको नयाँ रिपोर्टले आईफोन ट्वेल्भको मेटल च्यासिस आईफोन इलाभेनको जस्तै हुने दाबी गरेको छ । तर यसका किनाराहरु थोरै कर्भ्ड आकारको हुनेछ ।

एप्पलका विश्लेषक मिङ ची कुले केही महिना अघि २०२० मा आउने आईफोनहरु नितान्त नयाँ डिजाइनमा आउने जिकिर गरेका थिए । ती फोनको पछाडिको भाग आईफोन फोरको जस्तै हुने बताइएको थियो । यसको अर्थ फोनहरुको च्यासिसको एज अर्थात् छेउको आकार कर्भ्ड नभएर वर्गाकार हुने थियो । 

तर आईफोन ट्वेल्भ विभिन्न स्क्रिन साइजमा आउने कुरा भने पक्का जस्तै भएको छ । यी फोन ५.४ इञ्च, ६.१ इञ्च र ६.७ इञ्चको आकारमा आउने छन् । रिपोर्टले यो फोन आईफोन इलाभेन प्रो म्याक्स भन्दा लामो र स्लिम हुने बताइएको छ । 

एप्पलको यो फोन भने आईफोन इलाभेनको भन्दा फरक कलर नेभी ब्ल्युमा आउने बताइएको छ । यो हप्ता एप्पलले ओएलईडी डिस्प्लेमा इनब्युल्ट फिंगरप्रिन्ट रिडरको प्याटेन्ट पनि पाएको छ । यसले दुई मोडमा काम गर्नेछ ।

एउटा स्क्रिनको मुनि टच आईडी चलाउन अप्टिकल सेन्सिङ र अर्को टच सेन्सिङ रहेका छन् । यस्तै ब्लुमबर्गको रिपोर्ट अनुसार एप्पलले यही फेब्रुअरीबाट आफ्नो सस्तो मूल्यको फोन आईफोन नाइनको उत्पादन सुरु गर्न सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१