close

म्यासेञ्जरबाट साथीले ई–सेवामा पैसा माग्यो ? बिचार गर्नुहोस्, ठगिनु होला

टेकपाना टेकपाना

माघ १४, २०७६ १८:४४

म्यासेञ्जरबाट साथीले ई–सेवामा पैसा माग्यो ? बिचार गर्नुहोस्, ठगिनु होला

काठमाडौं । ई–सेवा अकाउण्टमा पैसा हाल्दे भन्दै कुनै साथिको म्यासेन्जरबाट म्याससेज आयो ? पैसा पठाउनु अघि बिचार गर्नुहोस् है ! किन भने त्यस्ता म्यासेज तपाईंको साथिको म्यासेञ्जर ह्याक गरी पठाइएको पनि हुन सक्छ ।

‘मलाई अर्जेन्ट पर्‍यो, ई–सेवामा पैसा चाहिएको छ । मेरो ई–सेवा आईडी ‘९८१२३४५६७८’मा तुरुन्तै पाँच हजार रुपैयाँ हाल्देउ, म भोली पठाई दिन्छु ।’ यस्ता म्यासेज साथीको फेसबुक म्यासेञ्जरबाट तपाईंलाई पनि आइरहेको हुन सक्छ ।

यदी यस्तो म्यासेज तपाईंलाई पनि आयो भने पैसा पठाउनु अघि अब बिचार गर्नु होला । किन भने, विभिन्न व्यक्तिहरुले आफूलाई यस्तो म्यासेज आएको र पैसा पठाउँदा ठगिएको भन्दै फेसबुकमा स्टाटस लेखिरहेका छन् ।

यसैका आधारमा ई–सेवाले पनि सचेत रहन आफ्ना ग्राहकलाई आग्रह गरेको छ । ई–सेवाका सीओओ रोशन लामिछानेले पछिल्लो सयम यस्ता घटना धेरै मात्रामा बढिरहेको र कम्पनीमा पनि गुनासो आउनेक्रम बढेपछी यसबारे प्रयोगकर्तालाई सचेत रहन आग्रह गरिएको बताए । उनका अनुसार ह्याकरले कुनै व्यक्तिको म्यासेन्जर ह्याक गरी फ्रेन्ड लिस्टमा रहेका साथिलाई म्यासेज पठाएर उनिहरुबाट पैसा ठग्ने गरेको पाइएको छ ।

‘यस्तोमा पठाएको म्यासेज भने पठाउने व्यक्तिकोमा भने देखिँदैन । तर अर्कोतर्फ साथीलाई भने म्यासेज गएको हुन्छ,’ लामिछाने भन्छन्, ‘त्यस्तोमा साथीलाई नसोधी रकम पठाउने प्रयोगकर्ता ठगीने गरेका छन् । त्यसैले यस्ता म्यासेज आएको खण्डमा सम्बन्धित साथीलाई कल गरेर यकीन गरे पश्चात मात्रै पठाउनु पर्ने हुन्छ ।’

यस्ता घटना यस अघि टेलिकम सेवा प्रदायकहरुकोमा पनि देखिएको थियो । म्यासेञ्जरबाट म्यासेज गरि मेरो मोबाइल नम्बरमा पाँच सय अथावा हजार रुपैंया रिचार्ज गर्दिनु । ‘म अहिले रिचार्ज कार्ड नपाउने ठाउँमा छु, भोली तपाईलाई पैसा उपलब्ध गराउँछु’ भन्ने खालको म्यासेज आउने गरेको थियो । त्यसबाट पनि धेरै प्रयोगकर्ता ठगिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१