close

ह्वावेलाई फाइभजी विस्तारमा सहभागी गराउने बेलायतको निर्णय

टेकपाना टेकपाना

माघ १५, २०७६ १०:२९

ह्वावेलाई फाइभजी विस्तारमा सहभागी गराउने बेलायतको निर्णय

एजेन्सी । लामो छलफल पछि बेलायतले अन्ततः ह्वावेलाई आफ्नो फाइभजी नेटवर्कमा सहभागि गराउन सहमत भएको छ । तर बेलायतले सँगसँगै केही प्रतिबन्धहरु पनि लागू गर्ने तयारी गरेको छ ।

बेलायतले ह्वावेलाई आफ्नो फाइभजी नेटवर्कमा समावेश गराउने निर्णय गरेता पनि सिस्टमको ‘नन कोर’ भागमा मात्र समावेश गराउने बताएको छ । कोर नेटवर्क रेडियो एक्सेस नेटवर्क आरएएनभन्दा फरक हो । यसलाई कहिलेकाँही ‘पेरिफेरी’ पनि भनिन्छ ।

कोर नटेवर्क अन्तरगत बेस स्टेसन र एन्टेनाहरु पर्छन् जसले व्यक्तिको मोबाइल उपकरण र कोरबीच लिंक गराउने काम गर्छ । बेलायत सरकारले ह्वावेलाई आरएएनमा सिमित राख्नुले सम्भावित जोखिमको व्यवस्थापन गरेको हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१