close

‘रोड टु वर्ल्ड कप’ क्रिकेट प्रतियोगिता को टिकट ई-सेवामा

टेकपाना टेकपाना

माघ १५, २०७६ ११:२७

‘रोड टु वर्ल्ड कप’ क्रिकेट प्रतियोगिता को टिकट ई-सेवामा

काठमाडौं । कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतका खेलको टिकट ई-सेवाले उपलब्ध गराउने भएको छ ।

फेब्रुअरी ५ देखि १२ सम्म आयोजना हुने उक्त त्रीदेशीय क्रिकेट प्रतियोगितामा नेपाल सहित अमेरिका र ओमान गरि तीन देश सहभागी हुँदैछन् । प्रतियोगितामा कुल ६ ओटा खेल हुनेछन् ।

उक्त खेलहरु हेर्न चाहने दर्शकले अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवा वालेट बाट टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१