close

प्रयोगकर्तालाई प्राइभेसी सेटिङ चेक गर्न फेसबुकको आग्रह

टेकपाना टेकपाना

माघ १५, २०७६ १२:४१

प्रयोगकर्तालाई प्राइभेसी सेटिङ चेक गर्न फेसबुकको आग्रह

एजेन्सी । फेसबुकले दुई अर्ब ४५ करोड मासिक सक्रिय प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्टको प्राइभेसी चेक गर्न आग्रह गरेको छ । फेसबुकले प्रयोगकर्ताको प्राइभेसीको विषयमा विभिन्न समस्या देखा परिरहेको बेला प्राईभेसीलाई अझ बढी प्रयोगकर्ता मैत्री बनाएर ल्याएको छ । त्यसैले प्रयोगकर्तालाई आफ्नो प्राइभेसी सेटीङ मिलाउने कम्पनीले आग्रह गरेको हो ।

त्यसकालागि प्रयोगकर्ताले ‘सेटिङ एण्ड प्राइभेसी’ मा गएर प्राइभेसी सेटिङ मिलाउन सक्नेछन् । त्यहाँ प्रयोगकर्तालाई आफ्नो डेटा कसले देख्न मिल्ने वा नमिल्ने लगाएतका धेरै कुरालाई निर्धारण गर्न सक्ने सुविधा दिएकाे छ । त्यतीमात्रै नभएरर आफ्नो अकाउन्टलाई कसरी सुरक्षित राख्ने भन्ने विषय पनि त्यहाँ उपलब्ध गराइएको छ ।

गत समरको तथ्याङ्क अनुसार फेसबुकको मासिक दुई अर्ब ४५ करोड एक्टिभ प्रयोगकर्ताहरु रहेका छन् । फेसबुकले थप गरेको नयाँ प्राइभेसी सुविधासागै प्रयोगकर्ताले आफ्नो डेटामाथि नियन्त्रण राख्न सक्नेछन् । यसैक्रममा कम्पनीको ‘अफ फेसबुक एक्टिभीटि’ टुल अहिले विश्वभरी नै उपलब्ध छ । यसले प्रयोगकर्तालाई तपाईंलाई एड दिने थर्ड पार्टी साइटहरुको डेटाको सारांश उपलब्ध गराउँछ । साथै डेटालाई मेटाउने अप्सन पनि दिन्छ ।

फेसबुकले जनवरीको सुरुदेखि थर्ड पार्टीको एप फेसबुकमार्फत साइन इन भएको खण्डमा नोटिफिकेसन पनि पठाउन सुरु गरिसकेको छ । वितेको दशकमा फेसबुले क्याम्ब्रिज एनालिटिक्सदेखि थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा बेचेकोसम्मको विभिन्न मुद्दा र विवादको सामना गर्नपर्यो । यीनै कारण यो दशकको पहिलो वर्षमा फेसबुकले लिएको यस्तो योजनाले उसको छविलाई केही हदसम्म सफा बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१