close

नवीनतम सोच र स्टार्टअपलाई प्रवर्द्धन गर्दै क्यान इन्फोटेक

टेकपाना टेकपाना

माघ १५, २०७६ १५:५६

नवीनतम सोच र स्टार्टअपलाई प्रवर्द्धन गर्दै क्यान इन्फोटेक

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल-क्यानले नवीन प्राविधिक सोच तथा स्टार्टअपहरुलाई विशेष ठाउँ दिने भएको छ । क्यानले प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको इन्फोटेकको २६ औं संस्करणमा यो वर्ष नवीन अन्वेषणलाई प्राथमिकता दिने भएको हो ।

इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्यानले बताएको छ । क्यानले सहभागीहरुलाई इन्फोटेकमा विभिन्न सुविधा र उत्कृष्टलाई राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवसको अवसर पारेर पुरस्कृत गर्ने घोषणा गरिसकेको छ ।

इन्फोटेकमा स्टार्टअप आईडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनी रहने छ । साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना हुने आयोजकले बताएको छ ।

उक्त इन्फोटेक फाल्गुन २ देखि ७ गतेसम्म आयोजना हुँदैछ । यो वर्ष क्यान इन्फोटेकमा १७४ स्टल रहेका छन् । ती मध्ये ८० प्रतिशत स्टल बुक भईसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०