close

ओप्पो टेनएक्स हाइब्रिड जुम फोटोग्राफी देखी फाइभजी स्मार्टफोन सम्म

टेकपाना टेकपाना

माघ १५, २०७६ १७:४२

ओप्पो टेनएक्स हाइब्रिड जुम फोटोग्राफी देखी फाइभजी स्मार्टफोन सम्म

सन् २०१९ भर्खरै मात्र सकिएर सन् २०२० सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा सन् २०१९ एउटा महत्वपूर्ण वर्षको रुपमा रह्यो । विभिन्न कम्पनीहरुले यो क्षेत्रलाई परिवर्तन गर्ने खालका विभिन्न उपकरणको उत्पादन गरे ।

त्यसमा ओप्पोको पनि छुट्टै योगदान रह्यो । ओप्पोले सन् २०१९ मा एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको थियो ।

टेनएक्स हाइब्रिड जुम फोटोग्राफी

सन् २०१९ को सुरुवातमै ओप्पोले ‘टेनएक्स लसलेस जुम’ प्रविधि भित्र्याएको थियो । टेनएक्स हाइब्रिड जुम भएको मोबाइल क्यामराले फोटोग्राफि तथा सिनेमेटोग्राफीको दुनियामा छुट्टै प्रभाव पारिरहेको छ ।

यूरोपेली बजारमा पहिलो व्यवसायिक फाइभजी स्मार्टफोन

सन् २०१९ को मे महिनामा ओप्पोले यूरोपको बजारमै पहिलो पटक व्यवसायिक फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । कम्पनीले स्विसकमसँगको सहकार्यमा रेनो फाइभजी स्मार्टफोन ल्याएको थियो । जसको बिक्री आरम्भ स्ट्जिरल्याण्डबाट भएको थियो । त्यस पछि भने क्रमशः अन्य देशमा यो फोन उपलब्ध भएको हो ।

सुपरभोक २.० फ्ल्याश चार्जिङ

सन् २०१९ को सेप्टेम्बरमा ओप्पोले ‘भोक फ्ल्याश चार्जिङ’विश्व बजारमा ल्याएको थियो । जसले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ परिस्कृत बनाउन मद्दत पुर्‍याएको छ । जसले ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने उल्लेख गरिएको थियो । जसलाई कम्पनीले ओप्पो रेनो एस मार्फत बजारमा भित्र्याएको हो ।

फाइभजी ईकोसिस्टम

‘ओप्पो इन्नो डे २०१९’ मार्फत ओप्पोले फाइभजी उपकरण ईकोसिस्टमको घोषणा गर्‍यो । जसमा ओप्पो फाइभजी सीपीई, ओप्पो एआर ग्लास लगायत रहेका छन् । यसले इन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । आगामी तीन बर्षमा ओप्पोले ७ बिलियन अमेरिकी डलर बराबर रकम कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि अनुसन्धान र विकासमा खर्च गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०