close

अब ईसेवा पनि मनी ट्रान्सफरमा

टेकपाना टेकपाना

माघ १५, २०७६ १८:१

अब ईसेवा पनि मनी ट्रान्सफरमा

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले रेमिटेन्स क्षेत्रमा पनि हात हालेको छ । ईसेवा मनी ट्रान्सफरको रुपमा कम्पनीले नयाँ क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको हो ।

रेमिटेन्स कारोबारका लागि कम्पनीले राष्ट्र बैंकबाट अनुमतिपत्र समेत पाएको छ । कम्पनीले मंगलबार राष्ट्र बैंकबाट रेमिटेन्स कारोबारका लागि अनुमति पाएको कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए । राष्ट्रबैंकबाट अनुमती प्राप्त गरेसँगै उनी कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् ।

कोइरालाका अनुसार अबको एक महिना भित्रै कम्पनीले सेवा सुरु गर्नेछ । ‘कम्पनीले परम्परागत रेमिटेन्स पद्दतिलाई परिवर्तन गर्ने योजना बनाएको छ’, उनले भने, ‘हामी विदेशका विभिन्न रेमिटेन्स कम्पनीसँग सहकार्य गरी विदेशबाट नेपालमा पैसा भित्र्याउने छौं र त्यो डिजिटल प्रविधिमार्फत नै नेपालीहरुको हातमा पुग्नेछ ।’

हाल देशभर करिब ईसेवाका ८० हजार एजेन्ट रहेका छन् । उक्त सञ्जाललाई सदुपयोग गरेर छिटो र छरितो रुपमा सेवा प्रदान गर्ने योनजामा कम्पनीले बनाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०