close

फायरफक्स ब्राउजरमा ह्याकरको खतरा, जोगिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ १५, २०७६ १९:१९

फायरफक्स ब्राउजरमा ह्याकरको खतरा, जोगिन यसो गर्नुहोस्

एजेन्सी । मोजिल्ला फायरफक्सको वेब ब्राउजर प्रयागकर्तालाई अमेरिकी सरकारले अपडेट गर्न आह्वान गरेको छ । अमेरिकी सरकारले ‘जिरो डे भल्नरेबिलिटी’मा ह्याकरहरुलाई  प्रयोगकर्ताको कम्प्युटरमा नियन्त्रण जमाउन सक्ने बताउँदै त्यस्तो सचेत रहन आग्रह गरेको हो ।  

अमेरिकी राष्ट्रिय सुरक्षा मन्त्रालयको साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी सीआईएसएले फायरफक्स ब्राउजर प्रयोगकतालाई ७२.०.१ र ईएसआर ६८.४.१ भर्सनमा मा अपडेट गर्न भनेको छ । 

सीआईएसएको विज्ञप्तीमा भनिएको छ,‘फायरफक्स र फायरफक्स ईएसआरमा रहेको कमजोरीलाई सम्बोधन गर्न मोजिल्लाले सेक्युरिटी अपडेट गरिसकेको छ । तर ब्राउजर अपडेट नगर्ने प्रयोगकर्तामाथि ह्याकरहरुले त्यस्तो कमजोरीको फाइदा उठाउन सक्छन् ।

चिनियाँ साइबर सेक्युरिटी कम्पनी क्यूआईएचओओ ३६० ले त्यस्तो सुरक्षा कमजोरी पत्ता लगाएर कम्पनीलाई जानकारी  गराएको थियो । फोर्ब्सका अनुसार, जिरो डे भल्नरेबीलिटी त्यस्ता सुरक्षा कमजोरीलाई भनिन्छ, जसबारे न प्रडक्ट उत्पादक न त सुरक्षा अनुसन्धानकर्तालाई नै थाहा हुन्छ । यो त्यस्ता कमजोरीमा खेल्ने ह्याकरहरुलाई मात्र थाहा हुन्छ । 

फायरफक्स ब्राउजरलाई कसरी अपडेट गर्ने ?

ब्राउजरको मेनु बारमा गएर त्यहाँ रहेको अबाउट फायरफक्समा क्लिक गर्नुहोस् (अबाउट फायरफक्स फेला पार्नुभएन भने हेल्पमा क्लिक गरी भित्रपट्टी फेला पार्न सक्नुहुन्छ) । त्यहाँ नयाँ विण्डो खुल्छ र कुनै अपडेट भएको छ वा छैन स्वतः जाँच भएर डाउनलोड हुन थाल्छ ।

एकपटक डाउनलोड भइसकेपछि फायरफक्स अपडेट भएको सुनिश्चित गर्न रिस्टार्टमा क्लिक गर्नुहोस् । यदी स्वतः अपडेट भएन भने रि स्टार्ट टु अपडेट फायरफक्स लेखिएको स्थानमा क्लिक गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०