close

दाङदेखि कञ्चनपुरसम्मको ब्रोडब्याण्ड इन्टरनेट नेटवर्कको टेन्डर खारेज

टेकपाना टेकपाना

माघ १५, २०७६ २०:२४

दाङदेखि कञ्चनपुरसम्मको ब्रोडब्याण्ड इन्टरनेट नेटवर्कको टेन्डर खारेज

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ अगाडि बढाइएको टेण्डर प्रक्रिया रद्द गरेको छ । प्राधिकरणको बोर्ड बैठकले महालेखा परीक्षकको कार्यालयबाट आवेदक कम्पनीहरुकाे बेरुजु औँल्याइएको भन्दै सबै आवेदन खारेज गरेको हो । 

करीब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाका लागि इन्टरनेट सेवा प्रदाय कम्पनीहरु वर्ल्डलिंक, भायनेट र टेक माइण्डले टेण्डर आवेदन दिएका थिए । बिहीबार पुनः नयाँ टेण्डर आह्वान गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । 

परियोजना अन्तरगत पाँच ओटै जिल्लाका हरेक स्थानीय तहसम्म तीब्र गतिको इन्टरनेट पहुँच कायम गर्ने गरी करीब २६ सय किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गरिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०