close

विश्वभर १ अर्ब ५० करोडले चलाउछन् एप्पलका उत्पादन

टेकपाना टेकपाना

माघ १६, २०७६ ९:८

विश्वभर १ अर्ब ५० करोडले चलाउछन् एप्पलका उत्पादन

चीनका १७ बर्षिया वाङ साङ्गकुनले आइफोन खरिद गर्न सन २०११ मा आफ्नो दाहिने किड्नी बिक्री गरे । आइफोन सिक्स सार्वजनिक भएपछी त्यो खरिद गर्न सन् २०१४ मा सिड्नी, लन्डन र टोकियोका आइफोन स्टोर अगाडि लामो लाइन लाग्यो । कतिसम्म भने कतिपयले त्यही स्टोरको अगाडि रात बिताए ।

विदेशमा रहेका नेपालीसङ्ग धेरैको अपेक्षा हुने कोसेली हो आइफोन । महँगो र अनेक फिचरका कारण आइफोनप्रतिको आकर्षण घटेको छैन । यी सबै उदाहरण आइफोन प्रयोग गर्ने चाहनाको प्रस्फुटन हो ।

हरेक बर्ष सार्वजनिक हुने नयाँ सस्करणसहितको आइफोन र अन्य एसेसरिज प्रयोगकर्ताको कारण समग्र एप्पल उत्पादनक बिक्री उल्लेख्य बढेको छ । एप्पलले हालै सार्वजनिक गरेको वित्तिय प्रतिवेदन अनुसार अहिले विश्वभर १ अर्ब ५० करोड ‘एक्टिभ’ प्रयोगकर्ता छन ।

सन् २०१८ मा यस्तो संख्या १ अर्ब ३० करोड थियो जुन गत बर्ष २०१९ मा १० करोडले बढेर १ अर्ब ४० करोड पुगेको थियो । यसमा आइफोनसहित, आइप्याड टच, म्याक, आइप्याड, एप्पल टीभी र एप्पल वाच जोडिएको छ ।

होलिडे सिजनका लागि सार्वजनिक गरिएको एप्पलको पछिल्लो प्रतिवेदन अनुसार पहिलो त्रैमाससम्म १ सय ३ खर्ब ७३ अर्ब आम्दानी भएको छ । यो आम्दानी अघिल्लो बर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०