close

ट्वीटर ह्यासट्यागकै भरमा एन्ड्रोइडको समस्या समाधान !

टेकपाना टेकपाना

माघ १६, २०७६ १२:५८

ट्वीटर ह्यासट्यागकै भरमा एन्ड्रोइडको समस्या समाधान !

एजेन्सी । गुगलले आफ्नो फोनमा समस्या भोगिरहेका एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । जसअनुसार गुगलले प्रयोगकर्ताको समस्यालाई ट्वीटरमार्फत सुल्झाउने छ । 

यसका लागि समस्या भोगिरहेका प्रयोगकर्ताहरुले #AndroidHelp लेखेर ट्वीट गर्नु पर्नेछ । त्यसपछि गुगलको सपोर्ट टिमले अफिसियल एन्ड्रोइड अकाउन्टबाट उत्तरसहित प्रतिक्रिया दिनेछ । 

तर तपाईले यो सेवा मोबाइल फोन बाहेक अन्य एन्ड्रोइड उपकरणमा प्रयोग गर्न भने पाउनु हुने छैन । आफ्नो मात्र होइन, परिवार वा अन्य जो कसैको फोनमा यो समस्या देखियो भने पनि प्रयोगकर्ताले यसरी सहयोग लिन सक्नेछन् । 

गुगलका अनुसार उसका कर्मचारीहरुले ग्राहकलाई सामान्य ट्रबलसुटिङ, आईडेन्टिटी एण्ड अथेन्टिकेसन, एक्सेसीबिलिटी, सेक्युरिटी र अन्य धेरै एन्ड्रोइड फिचमा सहयोग उपलब्ध गराउनेछ । 

तर गुगलले प्रयोगकर्ताहरुबाट आउने त्यति धेरै प्रश्न र समस्याहरुलाई कसरी सम्बोधन गर्छ र स्पामहरुलाई कसरी फिल्टर गर्छ भन्ने कुरा स्पष्ट पारेको छैन । कम्पनीले दीर्घकालसम्म यो असिस्टेन्ट  फिचरलाई लिएर अगाडी बढ्नसक्छ वा सक्दैन भन्ने कुरा हेर्न पनि बाँकी नै छ । 

एक्सडीए डेभलपरका अनुसार अहिले यो फिचर प्रयोग गर्दै मानिसहरुले आफ्नो फोनको मोडल सोधिरहेका छन्, जसलाई गुगलको टोलीले उत्तर दिन सकिरहेका छैन । कम\पनीले गुगल पिक्सल्स ह्याण्डसेटको मात्र उत्तर दिनसक्ने एक्सडीएले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०