close

चीनमा रहेका आफ्ना सबै कार्यालय बन्द गर्दै गुगल

टेकपाना टेकपाना

माघ १६, २०७६ १६:१२

चीनमा रहेका आफ्ना सबै कार्यालय बन्द गर्दै गुगल

एजेन्सी । गुगलले चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय केही समयका लागि बन्द गर्ने भएको छ । पछिल्लो केहि समय यता चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण गुगलले कम्पनी बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही समयदेखी चीनका सबै प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । त्यसबाट चीनमा कार्यरत कर्मचारीमा कुनै किसिमको असर पर्न नदिन गुगलले केही समयका लागि कार्यालयन बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट र अमेजनले पनि चीनमा रहेका आफ्ना कार्यालय तत्कालका लागि बन्द गर्ने बताएका छन् । यसले चीनको इन्टरनेट बजारमा केही समय उथल पुथल हुने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०