close

ग्यालेक्सी एस ट्वान्टीमा एटके भिडियो खिच्ने टेलिफोटो क्यामेरा !

टेकपाना टेकपाना

माघ १६, २०७६ १९:४२

ग्यालेक्सी एस ट्वान्टीमा एटके भिडियो खिच्ने टेलिफोटो क्यामेरा !

एजेन्सी । सफ्टवेयर राम्रो छैन भने जति धेरै मेगापिक्सल भएपनि क्यामेराले राम्रो फोटो खिच्न सक्दैन भन्ने कुरा धेरैलाई थाहा छैन । सामसङले ६४ मेगापिक्सेलको स्मार्टफोन क्यामेरा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यस अघि नै ६४ मेगापिक्सेलको आईएसओ सेल क्यामेरा सेन्सर ल्याइसकेको छ ।

अब केही साताभित्र सामसङले आफ्नो फ्ल्यागसिप फोन सिरिज ग्यालेक्सी एस ट्वान्टीलाई सार्वजनिक गर्दैछ । यो फोन दुई भेरियन्टमा आउँदैछ । एउटा ग्यालेक्सी एस ट्वान्टी प्लस र अर्को ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा । 

प्राप्त खबर अनुसार ग्यालेक्सी एस ट्वान्टीमा ६४ मेगापिक्सेल र १०८ मेगापिक्सलका दुई ओटा क्यामेरा रहेका छन् । तर १०८ मेगापिक्सेल सेन्सरको मेन क्यामेरा ग्यालेक्सी एस ट्वान्टी अल्ट्रामा मात्र रहने सक्ने बताइएको छ । तर दुवै भेरियन्टमा भने ६४ मेगापिक्सेलको टेलिफोटो रहने भने निश्चित भएको छ । 

ग्यालेक्सी एस ट्वान्टी एटके भिडियो रेकर्डिङको लागि राम्रो मानिएको छ । टेलिफोटो क्यामेरामा ६४ मेगापिक्सेलको हुनेछ भने अल्ट्रा केवल ४८ मेगापिक्सल । साथै सामसङले आफ्नो अर्को पुस्ताको फोल्डेबल फोन ग्यालेक्सी जेड फ्लिप पनि चाँडै सार्वजनिक गर्दैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०