close

फेसबुकलाई तपाईंका अन्य गतिविधि ट्रयाक गर्न नदिन यसो गर्नुहोस

टेकपाना टेकपाना

माघ १७, २०७६ १५:५०

फेसबुकलाई तपाईंका अन्य गतिविधि ट्रयाक गर्न नदिन यसो गर्नुहोस

एजेन्सी । फेसबुले तपाईंको फेसबुक बाहेकका गतिविधिलाई समेत ट्रयाक गर्न सक्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । फेसबुक नचलाएको समयमा पनि तपाई कुन कुन वेबसाइट, एप र रियल लाइफ स्टोरहरु भिजिट गर्नुहुन्छ ? थर्ड पार्टी एपबाट फेसबुकले त्यसको विवरण संकलन गरिरहेको हुन्छ । तर अब तपाईंले आफ्नो गतिविधिमाथि फेसबुकले गर्ने त्यस्तो ट्रयाकलाई बन्द गर्न सक्नुहुन्छ ।

फेसबुकले मंगलबारबाट आफ्नो नयाँ ‘अफ फेसबुक एक्टीभिटी’ ट्रयाक्स फिचर सुरु गरेको छ । यो फिचरको मद्दतबाट फेसबुकले गर्ने अफ फेसबुक ट्रयाक र सेभ गरेको हिस्ट्रीलाई प्रयोगकर्ताले डिलिट गर्न सक्नेछन् ।
यो फिचर ल्याउने विषयमा फेसबुकका सीईओ मार्क जुकरवर्गले लामो समयदेखि बाचा गर्दै आएका थिए ।

उनले २०१८ मा फेसबुक प्रयोगकर्ताहरुका लागि ‘क्लियर हिस्ट्री’ टुल बनाउने बताएका थिए । ५ करोड मानिसहरुको व्यक्तिगत विवरणमा अनुचित पहुँच दिएपछि क्याम्ब्रिज एनालाइटिकाको प्रकरणमा यसअघि फेसबुक फसेको थियो ।

नयाँ ट्र्याकले फेसबुकमा प्रयोगकर्ताको १८० दिनदेखिको क्रियाकलापको विवरण राख्छ । फेसबुकले यस्ता विवरणहरु आफ्नो विज्ञापन पार्टनरमार्फत थर्ड पार्टी एप तथा वेबसाइटहरुबाट अध्ययन गर्छ । त्यस्ता थर्ड पार्टी एप तथा वेबसाइटहरुले फेसबुलाई आफ्नो साइटमा भिजिट गर्ने व्यक्तिहरुको पहिचान दिन्छ ।

‘अफ फेसबुक एक्टिभीटि’ ट्र्याकर लाई कसरी रोक्ने ?

फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ गएर ‘योर फेसबुक इन्फर्मेसन’ छनौट गर्नुहोस् । ‘योर फेसबुक इन्फर्मेसन’ मा रहेको ‘अफ फेसबुक एक्टिभिटि’ मा जानुहोस् । त्यहाँ तपाईलाई फेसबुले कसरी तपाईको ‘अफ फेसबुक एक्टिभीटि’ ट्रयाक गरिरहेको छ भनेर त्यसको तरिका देखाउँछ ।

उदाहरणका लागि कसैले कुनै अनलाइन स्टोरमा जुत्ता तथा कपडा खरिद गर्‍यो भने त्यस स्टोरले फेसबुकसँग उक्त व्यक्तिको गतिविधिलाई शेयर गर्छ । त्यहाँ एउटा ब्यानर देखा पर्छ जसमा प्रयोगकर्ताले प्रयोग गर्ने वेबसाइट तथा एपहरुको बारेमा लेखिएको हुन्छ । त्यहाँ रहेका एप आईकनमा क्लिक गरेर प्रयोगकर्ताले त्यसको श्रोतको सूची हेर्न सक्छन् ।

त्यो सूचीमा तेस्रो पार्टीको विषय पनि समावेश गरिएको हुन्छ । यसैले तपाईंको १८० दिनदेखिको क्रियाकलाप फेसबुकलाई सेयर गर्छ । ‘क्लियर हिस्ट्री’ क्लिक गरेको खण्डमा फेसबुकले सेभ गरेको सम्पूूर्ण विवरणहरु मेटिएर जान्छन् ।

एकजना प्रयोगकर्ताका अनुसार ६ सय ओटा एप तथा वेबसाइटहरुले फेसबुकसँग उसको ब्राउजिङ हिस्ट्रीलाई शेयर गरेको रहेछ । ट्रयाकिङलाई बन्द गर्न ‘म्यानेज योर अफ फेसबुक एक्टिभीटि’ लाई स्क्रिनको दायाँ भागमा मेनुमा क्लिक गर्नुहोस् ।

अब ‘फ्युचर अफ फेसबुक एक्टिभिटि’ छेउमा रहेको स्विचलाई सारेपछि फेसबुकले तपाईंको आगामी दिनको गतिविधिलाई सेभ गर्ने छैन । तर यदि थर्ड पार्टी एप प्रयोग गर्नुहुन्छ भने त्यस्तोमा भने फेसबुक उक्त एपलाई तपाईंको विवरण उपलब्ध गराउने भने वाध्य हुनेछ । त्यसैले थर्ड पार्टी एपको प्रयोग जतिसम्म कम गर्नु हुन्छ तपाईंको विवरण त्यतिनै सुरक्षित हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०