close

यी हुन् बालबालिकाका लागि उत्कृष्ट फोन

टेकपाना टेकपाना

माघ १८, २०७६ १०:२०

यी हुन् बालबालिकाका लागि उत्कृष्ट फोन

एजेन्सी । मोबाइल सबैको हात हातको अति नै आवश्यक चिज बनिसकेको छ । बालबालिका पनि यसको प्रयोगबाट अछुतो रहन सक्दैनन् । आफ्ना सन्तानलाई तीब्र रुपमा विकास भईइरहेको प्रविधिसँग अभ्यस्त बनाउन चाहनुहुन्छ ? 

यही कुरालाई ध्यानमा राखेर स्मार्टफोन निर्माताहरुले विभिन्न आकार र प्रकारमा बालबालिकाहरुका लागि फोन डिजाइन गर्दै आइरहेका छन् । बालबालिकाको प्रयोगको लागि उत्कृष्ट मानिने यी फोनहरुको निर्माणका लागि कम्पनीहरुले विभिन्न विषयमा ध्यान पुर्‍याएका छन् । 

अभिभावकले नियन्त्रण गर्न सक्ने देखि, किफायती, फंसन रेस्ट्रिक्सन, जीपीएस ट्रयाकिङ र मूल्य लगायतका सबै कुरा यस्ता फोन निर्माण गर्दा ध्यान दिइएको हुन्छ । 

नोकिया ३३१० थ्रीजी 

नोकियाको आईकोनिक ३३१० फोनले कमब्याक गरेको छ । लामो ब्याट्री लाइफ, सामान्य फिचर तथा किफायती यो फोनको मूख्य विशेषता हो । यो फोन प्लास्टिकबाट बनेको हुँदा बालबालिकाको हातबाट झरेर फुट्ला भन्ने चिन्ता लिनु पर्दैन । 

यो फोन सस्तो छ तर कमजोर भने छैन । यसमा सम्पूर्ण फिचरहरु सन्तुलितरुपमा राखिएको छ । आफ्ना बालबालिकाहरुसँग सम्पर्कमा रहनका लागि आवश्यक सम्पूर्ण फिचर यस फोनमा राखिएको छ । यो फोनको मूल्य हाल ५९ अमेरिकी डलर अर्थात करीब सात हजार रुपैयाँ छ । 

ब्ल्यु ट्यांक एक्स्ट्रिम २.४

यदि तपाईंको बच्चा स्मार्ट लुक्स भएको फोन चाहान्छ भने ब्ल्यु ट्यांक एक्स्ट्रिम २.४ फोन राम्रो विकल्प हुनसक्छ । यसको मूल्य सुलभ छ । बनावट पनि मजबूत किसिमको छ । यसमा प्लास्टिक तथा रबरको फ्रेम राखिएको छ ।

यो फोनलाई आईपी १६ रेटिङ मिलेको छ । जसको अर्थ यसले पहिलेदेखि नै पानीलाई रेसिस्ट गर्न सक्छ । यसमा लामो समयसम्म टिक्नसक्ने क्षमताको ब्याट्री राखिएको छ । यो फोनको उपलब्धता हाल अमेरिकामा मात्र सिमित छ । तर बेलायतमा पनि यसलाई ९ सय र १८ सय जीएमएम ब्याण्डमा प्रयोग गर्न सकिन्छ । 

जिटरबर्ग फ्लिप 

जिटरबर्ग फ्लिप फोन प्रयोग गर्नलाई सजिलो छ, यसमा आधारभूत कलिङ र टेक्स्टिङ फिचर रहेको छ । यसमा साधारण क्यामेरा पनि राखिएको छ । यसको स्क्रिन पनि ठूलो छ । बटनहरु थिच्न सजिला छन् ।

यसको ब्याट्री पनि टिकाउ छ । यो फोन अहिले अमेरिकामा ७४ डलर अर्थात आठ हजार रुपैयाँ हाराहारीमा खरिद गर्न सकिन्छ । यो फोन तपाईको बच्चाको लागि एकदमै उपयुक्त हुन सक्छ । 

मोटो ईसिक्स प्लस

मोटो जीसेभेनको तुलनामा मोटो ईसिक्स प्लस एकदमै सामान्य फोन हो । यसमा एकदमै आधारभूत फिचर र पर्फमेन्स रहेका छन् । यो सस्तो र किफायति पनि छ । यसमा छिटो चल्ने फिंगरप्रिन्ट सेन्सर अन स्क्रिन डिजाइनमा दिइएको छ । यो फोन सानो आकार र सस्तो मूल्यमा पनि उपलब्ध छ । 

ग्यालेक्सी एसएट एक्टिभ

यदि तपाईं आफ्नो बच्चाका लागि टिकाउ र केही स्मार्ट किसिमको फोन लिन चाहानुहुन्छ भने ग्यालेक्सी एसएट एक्टिभ उपयुक्त फोन हुनसक्छ । दुई वर्ष पुरानो यो फ्ल्यागसिप फोनको पर्फमेन्स एकदमै राम्रो रहेको छ । 

यो फोनको स्क्रिन तीक्ष्ण छ, यसको क्यामेरा पनि राम्रो छ भने ब्याट्री पनि एकदमै टिकाउ रहेको छ । यो फोनले बालबालिकाको धेरै ठूलो लापरवाहलाई पनि बहन गर्न सक्छ । जति धेरै माथिबाट झरे पनि यो फोनको स्क्रिन मजबूत छ । 

आईफोन एसई

आईफोनको सस्तो फोन आईफोन एसई अझै पनि तपाईले बजारमा पाउन सक्नुहुन्छ । यो फोन आईओएस १३ सम्म अपग्रेड हुनसक्छ । एप्पलको एनाइन प्रोसेसर रहेको यो फोनले अझै पनि राम्रो पर्फमेन्स दिन्छ । स्मार्टफोनबाट चाहिने सम्पूर्ण फंसन यसले बच्चालाई दिनसक्छ । यसमा भएको एउटै मात्र कमजोरी भनेको यो फोन त्यति मजबूत तरिकाले बनाइएको भने छैन । 

आईफोन सेभेन र आईफोन एट

यदि तपाई फोनको मूल्यसँग सम्झौता गर्नसक्नुहुन्छ भने आफ्नो बच्चाका लागि आईफोन सेभेन र आईफोन एट एकदमै राम्रो विकल्प बन्न सक्छ । यी फोनको मूल्य महंगो भए पनि यसमा रहेको सफ्टवेयर दिर्घकालसम्म काम गर्ने किसिमको छ । क्यामेरा लगायत पर्फमेन्स एकदमै राम्रो छ ।

मोटो जेडटु 

मिड रेञ्ज मूल्यमा उपब्ध मोटो जेडटु फोनको हार्डवेयर पनि मिड रेञ्ज किसिमकै छ । यो फोनको स्क्रिनमा गोरिल्ला ग्लास प्रयोग भएको छ भने वाटर रिपिलेन्ट नानो कोटिङले यसको भित्री भागलाई पानी निरोधक बनाएको छ । यसमा तीन हजार एमएएच ब्याट्री राखिएको छ । यो फोनको चार्जिङ पनि धेरै फास्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०